२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

५४ विभाग मात्र मन्त्रालय मातहत रहने

५४ विभाग मात्र मन्त्रालय मातहत रहने

काठमाडौँ । अहिले सम्म केन्द्रमा  ६४ वटा विभाग रहँदै अाएकाेमा केन्द्रमा रहने विभागकाे सङ्ख्या कटाैती गर्दै अब केन्द्रीय मन्त्रालय मातहत ५४ वटा विभाग मात्र रहने भएका छन् । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको स्राेतकाे दाबी छ । स्राेतका अनुसार काम र अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको हो ।

मिल्दाजुल्दा विभागहरूलार्इ अापसमा गाभेर विभागकाे सङ्ख्या घटाइएकाे हाे ।

विगतका विभागहरू मध्ये घरेलु तथा साना उद्योग विभागलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू–सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालीम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा, प्रहरी किताबखाना र विद्यालय–शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij