२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

१३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश हुने

१३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश हुने

आउँदो फागुन २५ गते देखि चैत ४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश हुने भएको छ ।

काठमाडौंमा हिजो सम्पन्न दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले क्रिकेट र पाराग्लाईडिङ थप्ने निर्णय गरेपछि कुल खेल संख्या २७ पुगेको हो ।

क्रिकेटमा ओलम्पिक टोली अर्थात २३ वर्ष मूनीको टिमबीच प्रतिस्पर्धा हुने छ । काउन्सिलको यसअघि बसेको बैठकले २५ खेल खेलाउने निर्णय गरेको थियो ।

जसमध्ये कराँते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गरेको थियो ।

काउन्सिलको बैठकले २७ खेलका इभेन्टहरु पनि निर्धारण गरेको छ । १३औं दक्षिण एशियाली खेलकुद काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

यसका लागि अहिले पूर्वाधार निर्माण भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्ले फागुनसम्ममा सबै पूर्वाधार निर्माण सम्पन्न हुने जनाइसकेको छ ।

१३ औं साग गेम्समा आर्चरी, एथ्लेटिक्स, ब्याडमिण्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हकी, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, खो–खो, शुटिङ, स्क्वास, स्वीमिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ खेलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij