२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

१२० वर्षपछि पहिलोपटक भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’

१२० वर्षपछि पहिलोपटक भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’

eQmk'/, * kmfu'g M :yfkgf ePsf] !@! jif{df eQmk'/ c:ktfndf klxnf] k6s jfudtL k|b]z ;/sf/sf] cf7 s/f]8sf] nfutdf l;6L :Sofg d]lzg cfPkl5 lalxaf/ pQm d]lzg ;~rfngaf/] cg'udg Pj+ 5nkmn ub}{ c:ktfnsf sfo{sf/L lgb]{zs 8f= ;'/]Gb|k|;fb e§;lxtsf] 6f]nL . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर, ८ फागुनः स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको सो अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको हाे ।

मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले उक्त मेसिन जडान कार्यको अवलोकन गर्नुभयो । मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेसिन जडान कार्य चाँडोभन्दा चाँडोे सम्पन्न गरेर सेवा सञ्चालन गर्न आज अस्पताललाई निर्देशन दिनुभयो ।

उहाँले सेवा विस्तारका लागिसमेत आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता जनाउँदै कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिनुभयो ।
मन्त्री थापा र प्रदेशसभा सदस्य श्रेष्ठले अस्पतालका विभिन्न शाखा एवं सेवाको अनुगमन गर्नुभयो । उहाँहरुले अस्पतालमा भर्ना भएका बिरामीसँग भेट गरी अस्पतालको सेवाका बारेमा जानकारी लिनुभयो । अस्पतालका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेको मन्त्री थापाले राससलाई जानकारी दिनुभयोे ।

उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा स्वास्थ्य मन्त्रालयले पहिलो पटक सिटी स्क्यान मेसिन अस्पतालमा ल्याएको छ, यसै महिना यो सञ्चालनमा आउँछ, साथै यस अस्पतालका लागि रु एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउन बोलपत्र आह्वान गरिसकेका छौँ, यो मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं ‘स्क्रिनिङ’ गर्न सजिलो हुन्छ र

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij