काठमााडौं, २१ फागुनः प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ रामघाटबाट खुकुरी चोेरी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको सीतापाईलास्थित भेष बहादर कामीकोको खुकुरी कारखानाबाट १२० थान खुकुरी चोरी भएको आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको हो ।
प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको मानिसहरुलाई सोधपुछ गर्दा सानेपा स्थित कोठामा लुकाईछिपाई राखेको अवस्थामा चोरी भएको सामानहरु फेला पारेको छ । निज मानिसहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुुसन्धान भईरहेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ, धुनिबेसी न.पा. ५ घर भई हाल ललितपुर म.न.पा. २ सानेपा बस्ने वर्ष २७ को राज कुमार तामाङ, रौतहट, रघुनाथपुर न.पा. ९ घर भई हाल सानेपा बस्ने वर्ष ३३ को शेख जफ्रे आलम र सोही ठाउँ बस्ने चपुर न.पा. ९, वर्ष २३ को लाल मोहमद देवान छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij