२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

११ औँ बार्षिक साधारणसभा धादिङवेशीमा सम्पन्न गर्दै वितरक महासंघ

११ औँ बार्षिक साधारणसभा धादिङवेशीमा सम्पन्न गर्दै वितरक महासंघ

काठमाडाैं । देशभरका वितरक व्यवसायी र अधिकृत विक्रेताहरु समेटिएको एकमात्र छाता संगठन  नेपाल वितरक महासंघ लामाे समय देखि वितरक व्यवसायीहरुकाे हक, हित र अधिकारकाे लागि काम गर्दै आएकाे संस्था हाे ।

यतिबेला महासघ आफ्नो ११ औँ बार्षिक साधारणसभाकाे तयारीमा जुटेकाे छ ।

देशभरका वितरक व्यवसायीहरुकाे अनुकुलता एवं नयाँ ठाउँकाे घुमफिर र स्थान विशेषकाे प्रवद्धनलाइ विशेष महत्व दिँदै महासंघले हरेक साधारणसभा भिन्न-भिन्न ठाउँमा आयाेजना गर्दै आएकाे छ ।

यसपटककाे साधारणसभा  आफूहरुले बैशाख २३ गते धादिङबेँसीमा आयाेजना गर्न लागेकाे महासंघका अध्यक्ष हरिराज पन्तले बताउनुभयाे । साेहीबमाेजिम आवश्यक सम्पूर्ण तयारीकाे जिम्मेवारी  धादिङ जिल्ला धादिङ जिल्ला कार्यसमितिलाइ प्रदान गरिएकाे अध्यक्ष पन्तले बताउनुभयाे ।

वितरक व्यवसायीहरु आफै‌ंले ठूलाे लगानीमा व्यवसाय सञ्चालन गरेपनि विभिन्न कारणले समस्यामा रहँदै आएका छन् । यस्ता समस्याहरुमा  व्यवसायीहरुकै कारण उत्पन्न हुने समस्या, नीतिगत व्यवस्थाका कारण सृजना हुने समस्या, उत्पादक एवं आयातकर्ताहरुकाे कारण सृजना हुने समस्या लगायत छन् ।

व्यवसायीहरुमा देखिने मतभेद एवं समस्याहरुलाइ न्यूनीकरण गर्दै आपसी सद्भावपूर्ण वातावरण निर्माणकाे लागि महासंघले महत्वपू‍‍र्ण भूमिका निर्वाह गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij