नेपालमा हेभी इक्युपमेन्ट क्षेत्रलाई व्यवस्थित तवरले सञ्चालन गर्नुपर्छ भन्ने मान्यताले स्थापना भएको हेभी इक्युपमेन्ट व्यवसायी महासंघले दोश्रो साधारणसभा ुहेभी एक्स्पोु सहित पोखरामा सम्पन्न गर्न लागेको छ । महासंघले आफ्नो दोश्रो साधारणसभा आगामी माघ २५,२६ मा पोखरामा आयोजना गर्ने निर्णय गरेको हो ।
अहिले पनि यस हेभी इक्युपमेन्ट
क्षेत्रमा काम गर्ने क्रममा केही नीतिगत जटिलताहरु रहेको बताउँदै ती नीतिहरु सहज र व्यावहारिक बनाइदिनको निम्ति महासंघका सचिव महेशराज पौडेल आग्रह गर्दै आएको बताउनुहुन्छ ।
यद्यपि नेपाल सरकार अन्तरगतको यातायात व्यवस्था विभाग ती नीतिहरु सहज बनाउन पहल गर्नुको सट्टा उल्टै मन्त्रीबाट तोक लगाई प्रक्रियामा बढाउनको निम्ति विभागमा विभागमा पठाइएको फाइल नै गायब गराइएको बताउँदै यसबाट आफूहरु आश्चर्य तथा थप पीडामा परेको बताउनुभएको छ ।
लाइसेन्स प्रदान गर्ने क्रममा समेत नीतिगत कठिनाइ रहेको बताउँदै आफूहरुले काम गरिरहेको यस क्षेत्रलाई यान्त्रिक क्षेत्रको रुपमा लिई सोही बमोजिम लाइसेन्स दिनुपर्ने समेत पौडेलले बताउनुभयो ।
यसको अलावा पौडेलले आफ्नो क्षेत्रमा नीतिगत पहलको निम्ति पहल नभए आफुहरुले व्यावसायिक संगठनको माध्यमबाट अदालतमा रिट हालेरै भएपनि आफ्ना मागहरु सम्बोधन गर्ने वातावरण तय गर्ने भन्दै राज्य पक्षलाई चेतावनी समेत दिनुभएको छ ।
सेतोघर डट कमसँगको कुराकानीको क्रममा उहाँले भन्नुभयो, ‘हामी बन्दहड्तालका विरोधी हौं । यसैकारण सडक जाम, बन्दहड्ताल लगायतका गतिविधि गर्दैनौं । अझै पनि राज्य पक्ष मौन बसिरहने हो भने सदालतमा रिट हालेरै भएपनि ऐन संशोधनको निम्ति पहल गरेर हाम्रा मागहरु पूरा गराएरै छोड्छौं । नेपालमा रिट नहाले सम्म कुनै पनि काम छिटो हुन सक्ने अवस्था छैन ।’
हेभी इक्युपमेन्ट क्षेत्रका केही तथ्यहरु पौडेलले सेतोघर डट कम मार्फत सार्वजनिक गर्नुभएको छ । जुन निम्नानुसार छन् :
१) लाइसेन्स सम्बन्धमा :
हेभी इक्युपमेन्ट सञ्चालनको निम्ति पहिले सानो गाडी चलाएको हुनुपर्ने व्यवस्था व्यावहारिक छैन । कुनै व्यक्ति ठूलो साधन चलाउन सक्षम छ भने यान्त्रिक ऐन अन्तरगत सिधै ठूला गाडी चलाउन पाउने व्यवस्था हुनुपर्छ । निर्माण सम्बन्धी क्षेत्रमा रहेर काम गर्ने हो, साना गाडी चलाएको हुनुपर्ने भन्ने कुरा व्यावहारिक छैन ।
२) दक्ष जनशक्ति सम्बन्धमा :
अहिले नेपालमा मेसिनहरु आयात बढेको छ । बार्षिक ७-८ हजार मेसिनहरु नेपालमा भित्रिएका छन् । तर राज्यले हेभी इक्विपमेन्ट सम्बन्धी २ हजारको सङ्ख्यामा समेत लाइसेन्स दिन नसक्दा अवैधानिक रुपमा नै काम गर्न धेरै अपरेटरहरु बाध्य छन् । यस क्षेत्रमा अहिले हेभी इक्विमेन्टको क्षेत्रमा काम गर्नेहरु हल्का साधनको लाइसेन्स भएका र लाइसेन्स नै नभएकाहरु समेत काम गरिरहेका छन् ।
३) बिना लाइसेन्स काम गर्नुपर्ने अवस्था सम्बन्धमा :
यदि तत्काल लाइसेन्स खुल्ने हो भने १० हजार व्यक्तिहरु लाइसेन्स लिन योग्य छन् । लाइसेन्स नभएकाहरुलाई कामको जिम्मेवारी दिँदा सम्बन्धित अपरेटरले नियमानुसार पाउनुपर्ने बीमा लगायतका सुविधाहरुबाट वञ्चित हुनुपर्छ भने भइपरी आउने घटनाको जिम्मेवारी सम्बन्धित व्यक्ति वा कम्पनी नै हुनुपर्ने बाध्यता छ ।
४) नवीकरण सम्बन्धमा :
महासंघको नवीकरण गर्ने कार्य समेत निकै कठिन छ । यस हेभी इक्विपमेन्ट क्षेत्रलाई पनि यातायात क्षेत्रको रुपमा नै हेरिन्छ । तर हामी यातायात व्यवसायी होइनौं । त्यसकारण नवीकरण लगायतका झण्झटबाट हामीलाई मुक्त गरिनुपर्छ ।
कसरी हुँदैछ साधारणसभाको तयारी ?
![]()
महासंघका वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि तयारी तिव्र पारिएको महासंघका सचिव महेशराज पौडेलले बताउनुभएको छ । संघका पदाधिकारीहरु सम्मिलित विभिन्न तयारी उपसमितिका साथ तयारीमा जुटेको हेभी इक्युपमेन्ट महासंघले यसपटक पोखरा रंगशालामा मेसिन विक्रेता, पार्टस विक्रेता, टायर, लुव्रिकेन्टस् तथा निर्माण उपकरण विक्रेताको सहभागिताम भव्य एक्स्पो गर्ने तयारी गरेको र प्रदर्शनीमा सहभागी हुन सबै हेभी इक्विपमेन्ट सँग सरोकार राख्ने सबैलाई सहभागिताका लागि आव्हान गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij