
सिमीकोट – हुम्लाकाे मध्य क्षेत्रको सर्केघाड गाउँपालिका वडा नं. ७ को ठूलो गाउँमा बुधबार बेलुका आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। आगलागीबाट करोडौँको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ। आगलागीबाट ६ घर जलेर नष्ट भएका छन् भने १५ घरमा क्षति भएको छ ।
आगलागीबाट सर्केगार्ड गाउपालिका वडा नं. ७ ठूलागाउँको बाहुन बाडामा रहेका जोख्या जैशी, हरिभक्त जैशी, अपिलाल जैशी, देवीसिंह जैशी, रुपकला जैशी र मथन जैशीका ६ घर पूर्ण रुपमा जलेका छन् ।
ठूला गाउँको बाहुन बाडामा रहेको जोख्या जैशीको घरबाट सल्किएर गाउँका अन्य घरमा आगो फैलिएको हाे । आगो राती अवेर मात्र नियन्त्रणमा आएको थियो।
आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij