२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

हुम्लाको सिमिकोट स्थित होटल एलिस द वन्डर इन सञ्चालनमा

हुम्लाको सिमिकोट स्थित होटल एलिस द वन्डर इन सञ्चालनमा

निर्देशक सुवर्ण पाैडेल

इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख लगानीमा हुम्लाको सिमिकोट स्थित निर्माणाधिन होटल एलिस द वन्डर इन लिमिटेड सञ्चालनमा अाएकाे छ । निर्माण पूरा भइसक्दा ३५ काे संरचनामा तयार हुने उक्त हाेटलका हाल भुर्इ तल्लाका १४ अाेटा काेठाहरू सञ्चालनमा अाएका हुन् ।  

निर्माण पूरा हुँदा एउटा सुविधा सम्पन्न Meeting Hall  समेत संचालनमा अाउने हाेटलका निर्देशक सुवर्ण पाैडेलले बताउनुभयाे ।

जिल्लाकै सुविधा सम्पन्न र नमुनाको रुपमा रहेको उक्त होटलले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित  गर्नेमा व्यवस्थापन पक्ष अाशावादी छ ।

पवित्र धार्मिकस्थल मानसरोवरलाई समेत लक्षित गरि सञ्चालनमा ल्याइएकाे उक्त हाेटलले आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धनमा सहयाेग गर्नेछ ।  हाेटल अबकाे ६ महिना भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा अाउनेछ ।

हाेटलकाे लगानी ८ कराेड छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij