२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

हिम रश्मी स्कु्लकाे प्रदर्शनीमा ३० विद्यालयबाट उल्लासपूर्ण सहभागिता

हिम रश्मी स्कु्लकाे प्रदर्शनीमा ३० विद्यालयबाट उल्लासपूर्ण सहभागिता

काठमाडाैंकाे तारकेश्वरमा सञ्चालित हिम रश्मी स्कुलमा वृहद् शैक्षिक प्रदर्शनी सम्पन्न भएकाे  छ । विद्यालयमा सम्पन्न प्रदर्शनीमा विभिन्न  ३० विद्यालयबाट ठूलाे सङ्ख्यामा विद्यार्थीहरू उक्त प्रदर्शनीकाे अवलाेकनकाे निम्ति सहभागि भएका थिए ।

जिल्ला शिक्षा अधिकारी प्रकाश सापकाेटा र प्याब्सन काठमाडाैंका उपाध्यक्ष प्रेम राइ लगायतका व्यक्तिहरूकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल लाेकेन्द्र बहादुर खड्काले विद्यालयका गतिविधिहरू तथा प्रदर्शनी अायाेजना गर्नुकाे उद्देश्यबारे अाफ्नाे धारणा राख्नुभएकाे थियाे ।

ब्रिटिस काउन्सिलकाे अाइएसए अवार्डकाे लागि मनाेनयनमा परेकाे यस हिम रश्मी स्कुलले अायाेजना गरेकाे प्रदर्शनीमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूकाे प्रतिभा झल्किएकाे थियाे । 

प्रदर्शनीमा विज्ञान-प्रविधि, कला संस्कृति,  खानपान, रहनसहन, गणित, भाैगाेलिक परिस्थिति, नेपालकाे परम्परा लगायतका विभिन्न  वस्तुहरूका नमुना संलग्न थिए ।  ड्राेन, राेवाेट, केवलकार, विद्युतीय सामाग्रीहरू, अार्ट एण्ड क्राफ्ट सम्बन्धी विभिन्न अाकर्षक नमुनाहरूले प्रदर्शनी समेत रहेकाे उक्त अवलाेकनमा  दर्शकहरू राेमान्चित मुद्रामा देखिन्थे ।

उक्त प्रदर्शनी सम्पन्न गर्नकाे निम्ति विद्यालयका विद्यार्थीहरू स्वयंसेवककाे रूपमा खटिएका थिए । अाफूलार्इ दिएकाे जिम्मेवारी सबै विद्यार्थीले पूरा गरेका थिए । निकै चहलपहल रहेकाे उक्त प्रदर्शनी त्यति नै व्यवस्थित समेत थियाे ।

यसैगरी अाज फागुन ७ गते विशेष सांस्कृतिक कार्यक्रम, नाटक, क्यारिकेचर लगायतका विभिन्न कार्यक्रम सहित अभिभावक दिवस मनाउने कार्यक्रम छ ।

साथैै मुख्य अाकर्षणकाे रूपमा विद्यार्थीहरूकाे प्रतिभा झल्कने विद्यार्थीहरूबाट रचित कथा, कविता, गीत, लेख रचना सहितकाे स्मारिका विमाेचन गर्ने कार्यक्रम छ । अभिभावकहरूलार्इ अनिवार्य रूपमा उपस्थित हुनकाे निम्ति विद्यालयले अाग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij