२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडाैं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि जेठ २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुने गरी आव्हान गरेको हो । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij