-राजनप्रसाद पाेखरेलसंस्कार शब्दको अर्थ हो – शुद्धिकरण अर्थात् मन, वाणी र शरीरको शुद्धिकरण गर्नु भन्ने हुन्छ। यसमा संस्कारलाई विच्छेद गर्दा समले सम्यक रूपमा राम्रा भन्ने अर्थ र कारले काम वा कृति भन्ने जनाउँदछ । यसलाई यसरी पनि बुझ्ने प्रयास गरी हेरौं – प्रत्येक काम संस्कारयुक्त होओस् भन्ने कुरा संस्कार शब्दले समेटेको मर्म हो ।
केरा खाएर बोक्रो फ्याक्नु कृत्य हो । त्यो बोक्रो फोहोर फाल्ने ठाउँमा लगेर मिल्काउनु प्रकृति हो र त्यो बोक्रो सडकमा फाल्नु विकृति हो भने त्यसलाई टिपेर फोहोर फाल्ने ठाउँमा लगेर मिल्काउनु संस्कृति हो । भोक लागेर खानु प्रकृति हो । अर्काको भाग समेत खाई दिनु विकृति हो , सबैले खाए खाएनन् भनेर खोजी गरी ख्वाउनु संस्कृति हो। मानवका सद्गुण वृद्धि गर्न दोषहरू हटाउनु संस्कार हो ।
नेपालमा पटकपटक विभिन्न आन्दोलनहरू भए । १०४ वर्षे राणा शासनलाई निर्मूल गर्नुपर्छ भन्दै विभिन्न टुक्रे आन्दोलनबाट सुरु भएको नेपालको राजनीतिमा विस्तारै प्रजा परिषद्, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी लगायतका राजनैतिक पार्टीहरूको जन्म भयो । यिनको उदेश्य राजनैतिक सत्ता परिवर्तन सँगसँगै नेपाली समाजमा चलिआएका विविध संस्कारलाई कुनै न कुनै हिसाबले प्रहार गर्ने रह्यो । समाजमा जातीय एकता विरुद्ध, धार्मिक एकताका विरुद्ध, सामाजिक सहिष्णुताका विरुद्ध अनावश्यक हल्ला र भ्रम फिँजाउने काम पटकपटक आन्दोलनको नेतृत्व गर्ने राजनैतिक पार्टीहरूले गरे ।
२०१५/१६ सालमा नेपाली काङ्ग्रेसको दबदबा हुँदा काङ्ग्रेस जनता विरोधी पार्टी हो, गाउँमा काङ्ग्रेस पसे भन्दै पञ्चायती शासन सत्ता टिकाउनका लागि केही अराजक झुन्डले खोरबाट बाख्रा चोरी गर्ने, गाईका पुच्छर काटिदिने, घरघरमा आगो लगाइ दिने क्रियाकलापहरू धेरै ठाउँमा भए । पञ्चायती व्यवस्था टिकाउनका लागि राजा महेन्द्र, राजा वीरेन्द्रहरूले राजनीति गर्ने अन्य दलहरूलाई सरकार विरोधी र अराष्ट्रिय तत्व भनी पक्राउ गर्दै जेल हाल्ने काम भए ।
२०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था आएपछि फेरि काङ्ग्रेसले कम्युनिस्टले धर्म मान्दैनन्, नाता सम्बन्ध भन्दैनन् । ६० वर्ष पुगेका बुढाबुढीलाई गोली हान्छन् भन्ने जस्ता अफवाह फैलाएर नेपाली समाजमा व्यापक भ्रम छरेको हामीले भोगेका हौँ । माओवादी जनयुद्धमा गएपछि त जातजाति, धर्मकर्मका नाममा जनतालाई जानी जानी उचालेकै हुन् ।
तर जुनसुकै व्यवस्था परिवर्तन गर्नका नेपालमा जेजस्ता आन्दोलनहरू भए (चाहे जनआन्दोलन होऊन् वा सशस्त्र आन्दोलन हुन् ।) ती सबै आन्दोलन उचाइमा पुर्याउन यस्तै यस्तै अफवाहहरू नेपाली समाजमा फैलाइयो तर नेपाली समाजमा चलिरहेका, स्थापित भएका विविध मान्यतालाई जोगाउनु पर्छ भन्नेतर्फ कसैको ध्यान पुगेन । बरु कुनै राजनीतिक पार्टीका सीमित स्वार्थ पूरा गर्न, कुनै क्षेत्रीय झुन्डका स्वार्थका लागि समाजमा बेमेल फैलाउने कुकृत्यहरू हुँदै गए । हिजो माओवादी सशस्त्र आन्दोलनमा हुँदाका बखत बाडिएका भाषा, धर्म, संस्कार, खानपिन, आदि आदि थुप्रै आश्वासनहरूले माओवादी आफै सरकारमा पुगेका बखत कति अप्ठ्यारो अवस्था ल्यायो, यो हाम्रा सामु जगजाहेर नै छ ।
मिलेको समाज अझ राम्ररी मिलाउन किन आन्दोलन वा जनविद्रोह हुँदैन ? अरुका राम्रा विचारलाई किन कुनै आन्दोलनले आत्मसात् गर्न सक्दैन ? आन्दोलनको विषय बनाउनका लागि राम्रा, असल र वैज्ञानिक मान्यतालाई किन बङ्ग्याएर तोडमोड गरिन्छ ? कति वैज्ञानिक रहेछन् हाम्रा परम्परा भन्ने कुरालाई कोभिड-१९ को महामारीले धेरै हदसम्म सिकाएको छ । नेपाली समाजमा चलनचल्तीमा रहेका थुप्रै मान्यता, चालचलन, उखान टुक्काहरू, मानिस जन्मिएपछि मरुन्जेलसम्म गरिने सोह्र संस्कारहरूलाई विज्ञानले पनि प्रमाणित गरिसकेको पनि छ । भलै त्यहाँ भएका सबै पक्षहरू राम्रा नभएका पनि छन् । तिनलाई समय अनुकूल परिष्कृत र परिमार्जित गर्दै लैजानुपर्ने जिम्मेवारी पनि व्यवस्था परिवर्तकहरूको हो ।
हेरौँ त हाम्रा मान्यता, संस्कार, उखान, चलनचल्तीमा भएका केही वैज्ञानिक पक्षहरू के कति रहेछन् :
यी सामान्य उदाहरण मात्रै हुन् । यस खालका चलनचल्तीमा रहेका संस्कार र मान्यताहरू नेपाली समाजमा तमाम छन् । सबै यहाँ उल्लेख गर्न असमर्थ भएँ । आवश्यक परे यसखालका मान्यताको बारेमा बहस गर्न सकिन्छ ।
आखिर रोगबाट बच्न आफ्ना रोगव्याधि अरूलाई नसरोस् भनेर घरलाई क्वारेन्टाइन र आइसियु बनाउने चलन रहेछ । यी महत्त्वपूर्ण विषयलाई कुनै जात, समूहको विशेष नभनी सबै जातले मान्दा के घाटा थियो र विरोध गरियो?
यिनै विधिलाई आज “चीन र अमेरिकाका विशेषज्ञ डाक्टरका अनुसार” भनेर मार्क्सवादी र मिडियाले प्रचार गरिदिए तर “हाम्रा पैतृक संस्कार अनुसार” भन्न जानेनन् या सकेनन् !” जसले राजनैतिक फाइदा लिन जतिसुकै विरोध गरेपनि नेपाली समाजमा चलिआएका संस्कारचाहिँ कति विशेष रहेछन् त !!!
रोग लागेपछि अस्पतालले “लुगा फेरेर आइसियुमा छिर्ने” भन्दा लुरुक्कै मान्ने तर रोग नलाग्न गरिएको पूर्वसावधानीको खिल्ली उडाउँदै हिँड्दा फाइदाचाहिँ केमा भयो त ???
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij