TC star द्वारा आयोजित Nation Wide Handwriting Competition-2075 मा नेसनल माेडल इङ्गलिस सेकेण्डरी स्कुलले उत्कृष्ट स्थान हासिल गरेकाे छ । 

देश भरिका करिब १० हजार विद्यालय र करिब ५० हजार विद्यार्थीहरू बीच भएको उक्त प्रगियाेगितामा नेपाली हस्तलेखन तर्फ नेशनल मोडल ई. सेकेण्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रा बिरूना तामाङले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । 
यसैगरी साेही विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रियाङ्का भन्डारीले अंग्रेजी तर्फकाे हस्तलेखन प्रतियाेगितामा प्रथम स्थान हासिल गरेकी छिन् । द्वितीय स्थान साेही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा बिनिता घतानीले हासिल गरेकी छिन् ।
नेसनल माेडल स्कुलमा नै अध्ययनरत छात्राहरु प्रीति गुरूङ र चन्दु लामा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । 
हस्तलेखन प्रतियाेगिताका विजेताहरुले क्रमशः नगद नगद रकम २५०००/-, २५०००/-, १५०००/-, ६०००/- र ३०००/-प्राप्त गरेका छन् भने उनीहरूलाइ ट्रफी, मेडल र प्रमाणपत्रबाट समेत सम्मान गरिएकाे छ ।
विजेताहरुलाइ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट सम्मानित गरिएकाे हाे । 
नेशनल माेडल स्कूल विद्यार्थीकाे अन्तरनिहित प्रतिभा प्रष्फुटनकाे लागि विशेष तवरले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएकाे छ ।
विद्यार्थीहरुले निरन्तर उत्कृष्ट प्रतिभा प्रस्फुटन गर्न सकेकाेमा आफूलाइ निकै गर्वान्वित महसुस भएकाे विद्यालयका प्रिन्सिपल डि. एन. अधिकारीले सेताेघर डट कमलाइ बताउनुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij