२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

स्वास्थ्य क्षेत्रमा नयाँ सोच राख्ने व्यक्तिहरु सहभागि हुनैपर्ने प्रदर्शनी ‘ल्याब एक्सपो’

स्वास्थ्य क्षेत्रमा नयाँ सोच राख्ने व्यक्तिहरु सहभागि हुनैपर्ने प्रदर्शनी ‘ल्याब एक्सपो’

यही माघ १७ गतेदेखि १९ गते (फेब्रुअरी २९ देखि मार्चको २ तारिक) सम्म काठमाडौंको भृकुटीमण्डपमा सातौँ संस्करणको ‘नेपाल ल्याब एक्सपो, २०२४’ आयोजना हुँदैछ ।

नेपालमा प्रयोगशाला, वैज्ञानिक, विश्लेषणात्मक, अनुसन्धान र बायोटेक्नोलोजी क्षेत्रसम्बन्धी ज्ञान बाँड्ने उद्देश्यले यो एक्सपो आयोजना गरिँदै आएको एक्सपोका सह–आयोजक रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष भक्त हमालले जानकारी दिए ।

उनका अनुसार औषधि, अनुसन्धान र विकास, गुणस्तर नियन्त्रण, खाद्य प्रशोधन, शिक्षा, निदान, रसायन र सम्बन्धित क्षेत्रका आगन्तुकहरूको सहभागिता यो एक्सपोमा रहनेछ । २०० वटा स्टल रहने एक्सपोमा भारत, चीन, कोरिया र अन्य विभिन्न देशका उत्पादनका साथ प्रदर्शनकर्ताहरू नेपाल आउनेछन् । स्वास्थ्य क्षेत्रमा केही नयाँ गर्ने सोच राखेकाहरूले यो प्रदर्शनी अनिवार्यरूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

एक्सपो आयोजना गर्नुको उद्देश्य  देशभरिका स्वास्थ्य क्षेत्रमा कार्यरत सबै चिकित्सक र अस्पताल सञ्चालकहरूलाई नयाँ प्रविधि र प्रयोगबारे जानकारी दिनु रहेकाे बताइएकाे छ । हिँजोका दिनमा मेडिकलसम्बन्धी विभिन्न इक्विपमेन्टहरू हेर्न र त्यसबारे जानकारी लिन विदेश जानुपर्ने अवस्था रहेकाेमा अब भने नेपालमै सहज रुपमा याे मेला अवलाेकन गर्ने अवस्था बनेकाे छ ।

एक्सपोमार्फत आफूलाई चाहिएको सामानको टेक्नोलोजी र गुणस्तरबारे प्रत्यक्ष रूपमा राम्रोसँग अध्ययन गर्न सकिनेछ ।

यसपटककाे एक्सपोमा करिब २०० वटा स्टल रहनेछन् भने विदेशबाट समेत प्रदर्शकर्ताहरू आउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij