ललितपुर उद्योग वाणिज्य संघको स्वर्णजयन्तीको उपलक्ष्यमा अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४ को आयोजना हुँदैछ । ललितपुर जिल्लालाई पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायका साथ यस संघबाट २०७४ फागुन ३० देखि चैत्र ३ गतेसम्म मेला आयोजना हुँदैछ । संघका अध्यक्ष कृष्णलाल महर्जनको संयोजकत्वमा व्यापार मेला हुन लागेको हो ।
मेलाका लागि ललित व्यापार मेला २०७४ मुल समारोह समिति गठन गरिएको छ । मेलालार्इ व्यवस्थित गर्न स्टल व्यवस्थापन संयोजन उध्योग उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, सुरक्षाा व्यवस्थापन संयोजन सन्स्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठ र उद्धघाटन समारोह व्यवस्थापन संयोजन बाणिज्य उपाध्यक्ष रुपकुमार शाक्यलार्इ जिम्मेवारी दिइएकाे छ । यसैगरि, मेलाका लागि सल्लाहकारमा निवर्तमान अध्यक्ष सविन श्रेष्ठ रहेका छन् । ललित व्यापार मेला पाटन दरबार स्क्वायर, भण्डारखाल बगैचामा आयोजना गरिने छ ।
स्वणं महोत्सव जयन्तीको अवसरमा सिक्का निष्काशनको कार्यक्रमपनि राखिएको संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij