२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

स्याकार ट्रेडिङ अब टाटा ग्रीन ब्याट्रिज्‌को आधिकारिक ओइएम वितरक

स्याकार ट्रेडिङ अब टाटा ग्रीन ब्याट्रिज्‌को आधिकारिक ओइएम वितरक

काठमाडौँ – नेपालको लागि होण्डा मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. (एसटीसी) लाई टाटा ग्रीन ब्याट्रिजको टू ह्वीलर्स ब्याट्रिजको एचएमसीआइ (होण्डा मोटरसाइकल तथा स्कुटर), एचएसपीपी (होण्डा पावर प्रोडक्टस्) र होण्डा मोटरर्स (अटोमोटिभ)को निम्ति आधिकारिक ओइएम वितरकको रुपमा नियुक्ति गरिएको छ।

टाटा ग्रीन ब्याट्रिज, टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रा.लिले उत्पादन गर्छ। जुन भारतको प्रमुख अटोमोटिभ र 2W ब्याट्रि उत्पादकमध्ये एकमा पर्ने बताइएको छ।

टाटा ग्रीन ब्याट्रिजका सिइओ रवि गुप्ता भन्छन्,’टाटा ग्रीन ब्याट्री, टु व्हीलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेताहरु मध्ये एकमा पर्छ, जसले प्रमुख ओइएमएसमा आपूर्ति गर्दछ। जस्तै होण्डा मोटरसाइकल र स्कुटर इन्डिया, टीभीएस, जाभा, सुजुकी। एसटीसीसँग संलग्न भइ हामी हाम्रो सफलताको गाथा नेपालमा पनि दोहोर्‍याउन चाहन्छौँ र यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिनेछ।’

एसटिसीका अध्यक्ष सौरभ ज्योति भन्छन्, ‘व्यवसायको दुनियाँमा टाटा एउटा प्रमुख ब्रान्ड हो र त्यसैले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु, एसटीसीको इतिहासमा एउटा नयाँ चरणमा पुग्नुसरी हुनेछ। हामी हाम्रो १५० बिक्रेताको सञ्जालको पहुँचबाट नेपालको कुनाकुनासम्म पनि होण्डा ग्राहकहरु समक्ष टाटा ग्रीन ब्याट्रिज पुर्‍याउन सक्ने छौँ भन्नेबारे विश्वस्त छौँ। हामी हाम्रो टिममार्फत, ग्राहकलाई उच्च सेवाले सम्मान गर्ने र ब्राण्डको राम्रो अनुभव दिनेछौँ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij