२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

स्थापना दिवसका अवसरमा नयाँशक्ति नेपालको पदयात्रा

स्थापना दिवसका अवसरमा नयाँशक्ति नेपालको पदयात्रा

स्थापना दिवसका अवसरमा नयाँशक्ति नेपालको पदयात्रा

नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा आज काठमाण्डौंमा पदयात्रा गरिएको छ । 

नयाँ बानेश्वर नजिकबाट शुरु भएको सो पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर समापन गरिएको सो पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गरेका थिए ।

पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो ।

विभिन्न जाति, समुदायका सांस्कृतिक वेशभूषा तथा बाजागाजासहित सहभागीले उक्त यात्रामा रमाइलो गरेका थिए ।
पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए । विसं २०७२ जेठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा उक्त पार्टी स्थापना भएको हो । स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तक्र्रिया तथा युवा भेला समेत गरिने बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij