
माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आज साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी १ अर्बको २५ प्रतिशतले हुन आउने २५ करोड रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता शेयर मध्ये आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ (साविक हाकु गा.वि.स.वडा नं. ८ र ९ तथा डाँडागाउँ गा.वि.स.वडा नं. ७, ८, र ९ ) मा बसोबास गर्ने बासिन्दालाई ५,७१,४३० कित्ता शेयर तेस्तै आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ (साविक डाँडागाउँ गा.वि.स.वडा नं. १, २, ३, ४, ५, र ६, ठुलोगाउँ गा.वि.स.वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९, लहरेपौवा गा.वि.स. वडा नं.१, २, ३, ४, ५, ६, ७, ८, र ९,) र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ (साविक मनकामना गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९,) मा बसोबास गर्ने बासिन्दाहरुलाई २,८५,७२० कित्ता शेयर र रसुवा जिल्लाको अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुलाई १,४२,८५० कित्ता गरी जम्मा १० लाख कित्ता शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको छ।
त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १५ लाख कित्ता शेयरको १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि निष्काशन गरेको छ।
स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने माग बमोजिम आवेदन नआएमा स्थानिय बासिन्दाका लागि भने निष्काशन भदौ १ गते बैंकिङ समयसम्म लम्बिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
इच्छुक स्थानिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले यस कम्पनीको आइपिओमा न्युनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij