काठमाडौं, पुष २२ः ग्लोकल प्रा. लि. अन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कूलको स्किल वीकको छैठौं संस्करण सुरु भएको छ । पुष २२ देखि पुष२९ सम्म संचालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दुरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता, र नेटवर्किङका अवसरमार्फत युवाहरूको रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
पहिलेका संस्करणहरूको सफलतामा आधारित स्किल वीक २०२५ शुरू गरिएकाे हाे । फेस्टमा विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, र उद्यमशीलता नामक चार प्रमुख क्षेत्रमा केन्द्रित छ । पुष २६ मा स्किल फेस्ट कार्यक्रम इम्बार्क कलेज, पुल्चोकमा आयोजना हुने भएको छ ।
“स्किल फेस्ट – सीपको महोत्सव” कार्यक्रम युवाहरूका लागि सिप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित गरिएकाे छ ।
कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्त्व, र बजार सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन्। स्किल फेस्टमा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, सङ्गीत, र सीपमा आधारित मनोरञ्जन कार्यक्रम, तथा रोजगारी मेला पनि हुनेछ ।
पुष२९ मा बहुप्रतिक्षित सीईओ अनप्लग्ड फोरम सन्चालन हुनेछ । यो फोरमले उद्यमी, व्यापारी, र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ । कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवाड्र्स प्रदान गरिनेछ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्नेछ ।
कार्यक्रममा विभिन्न संस्थाहरू समेत जाेडिएकाे छ । जसमा सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन, भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार रहेका छन् । त्यस्तै होन्डा, कोका–कोला, डब्लुडब्लुएफ नेपाल, सीजी मोटर्स पनि साझेदार कम्पनीहरू हुन् । कार्यक्रममा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप प्राविधिक सहयोगीको रुपमा रहेका छन् भने होटल पार्टनर द सोल्टी काठमाडौं, इन्टरनेट पार्टनर वल्र्डलिंक, एयरलाइन्स पार्टनर यति एयरलाइन्स र आउटरीच पार्टनर एनएनक्यु रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij