२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सोनामको पहिलो फ्याक्ट्री आउटलेट तथा २३ औँ शो रुम हिमालय कम्ल्पेक्स कलङ्कीबाट सञ्चालनमा

सोनामको पहिलो फ्याक्ट्री आउटलेट तथा २३ औँ शो रुम हिमालय कम्ल्पेक्स कलङ्कीबाट सञ्चालनमा

 

काठमाण्डौ। नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स कलंकीमा सञ्चालनमा ल्याएको छ । सोनामको यो आउटलेट सहित शोरुम संख्या २३ वटा पुगेको छ । चर्चित साथै उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स, कलङ्कीमा खुलाएको छ ।

सोनामको यो आउटलेटसहित शो रुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा वर्षैभरी विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ खुलिएको हो ।

यहाँ कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजमा कपडाहरू पाइन्छ । ग्राहकहरुले नयाँ नयाँ डिजाइनका साथै छुटवाला कपडाहरू किन्न उपयुक्त आउटलेट रहेको कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायां सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमल, जडिवुटीको जडीबुटी चोक, ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतलीलाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका शो रुम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij