२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सेवाग्राहीको सुविधालाई विशेष ध्यान दिएका छौंः वडा अध्यक्ष, कीर्तिपुर वडा नं ३

सेवाग्राहीको सुविधालाई विशेष ध्यान दिएका छौंः वडा अध्यक्ष, कीर्तिपुर वडा नं ३

राजेन्द्र महर्जन, वडा अध्यक्ष, कीर्तिपुर नगरपालिका वडा नं ३

स्थानीय निकायको निर्वाचन हुनुभन्दा पहिले स्थानीय निकायहरु विगत १५ बर्ष देखि जनप्रतिनिधिविहीन रुपमा रहँदै आएका थिए । जसले गर्दा प्रशासनिक कामहरु प्रभावकारी बन्न सकेका थिएनन् । हामी निर्वाचित भएर आएपश्चात् पुनः प्रशासनिक एवं विकासका कामहरुले राम्रो गति पाएका छन् । जनप्रतिनिधिविहीन स्थानीय निकायमा जनताले बढी नै दुख पाउनुपर्ने अवस्था अहिले हटेको छ । हामी जनप्रतिनिधिहरु जनताहरु प्रति विशेष जिम्मेवार रहँदै आफ्ना दायित्वहरु पूरा गर्दै आएका छौं । हामीले चुस्तदुरुस्त रुपमा हाम्रा गतिविधिहरु अघी बढाएका छौं । जनताहरुका सुझाव, गुनासो, इच्छाआकाङ्क्षाहरुलाई सकेसम्म तत्काल सम्बोधन गर्नेगरी हाम्रा गतिविधिहरुलाई हामीले सम्पन्न गर्ने प्रयाश गर्छौं ।

सकेसम्म हामीले आज गर्न सकिने काम आज नै सम्पन्न हुन सकोस् भन्ने मनसायले सेवाग्राहीलाई सहज हुने गरी कारकारवाहीहरु गर्दै आएका छौं । जनतालाई कुनै सेवा प्रवाह गर्नुपर्दा कतिपय अवस्थामा कार्यालय भन्दा बाहिर नै भेट भएर पनि हामीले सेवाग्राहीलाई गाँठो फुकाइदिने काम गर्छौं ।

शुरुमा कामको जिम्मेवारी लिँदाको अवस्था
हामीले कामको जिम्मेवारी लिने समयमा स्थानीय निकायहरु सबैमा समस्या नै समस्याहरु थिए । हाम्रो लागि प्रशासनिक कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउँदै विकास र जनआकाङ्क्षाहरुलाई सम्बोधन गर्नुपर्ने दायित्व थियो । हामी आफैं पनि नयाँ थियौं । हामीसँग स्रोतसाधनको कमी थियो । त्यस्तो अवस्थामा हामीले प्राथमिकताको आधारमा कामहरु अघी बढायौं । अहिले हामी टोल, बस्ती सम्म हुने विकास गतिविधि र सेवाप्रवाह मार्फत जनतामा स्थानीय सरकारको महसुस गराउन सफल भएका छौं ।

जनप्रतिनिधि प्रति जनताहरुका आकाङ्क्षा

जनताहरुका जनप्रतिनिधिहरु प्रति विभिन्न किसिमका आकाङ्क्षाहरु हुने गर्छन् । कतिपय आकाङ्क्षा देख्दा निकै साधारण देखिन सक्छन् । तैपनि त्यस्ता समस्याले स्थानीयहरुको जनजीवनलाई निकै कष्टकर बनाएको हुन सक्छ । हामीले तुरुन्तै समाधान दिन सक्छौं । कतिपय योजनाहरु बजेट मार्फत नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने हुन्छ । कुनै नगरपालिकाबाटै समाधानको लागि पहल गर्नुपर्ने हुन्छन् भने कुनै विभिन्न निकायहरुसँग सहकार्यमा निकास दिन सकिने किसिमका हुन्छन् । सोहीबमोजिम हामीले अल्पकालिन देखि दीर्घकालिन महत्वका जनचाहना एवं योजनाहरुलाई छनौट गरेर औचित्यताको आधारमा समाधानको लागि पहल गर्छाैं ।

हामीले यहाँका पोखरीहरुमा पानी भर्नको लागि २०७५-७६ को पर्यटन दिवसको अवसर पारेर पर्यटनमन्त्री केशव स्थापितको प्रमुख आतिथ्यतामा पोखराबाट डुङ्गा समेत ल्याएर पुनः उद्घाटन गरेसँगै पानी भर्ने काम अघी बढाएका हौं । हामीले यी पोखरीहरुमा डिप वोरिङबाट पानी भरिने गरी व्यवस्था मिलाएका छौं । अहिले हामी यी पोखरीलाई कीर्तिपुरको लागि पर्यटकीय गञ्तव्य बनाउने योजनाबमोजिम कामलाई गतिशिल बनाएका छौं ।

पुरातात्विक महत्वको कीर्तिपुर
कीर्तिपुर नगरपालिका पुरातात्विक शहर समेत हो । यहाँका कतिपय संचरनाहरु निर्माण एवं मर्मतसम्भार गर्दा पुरातात्विक विभाग, पर्यटन मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतसँग पनि सहकार्यमा काम गर्नुपर्ने हुन्छ । हामीले कुन कामको लागि कुन निकायसँग सहकार्य गर्नुपर्ने हो, सोहीबमोजिम आपसी सहकार्यमा हाम्रा गतिविधिहरु अघी बढाएका छौं ।

कीर्तिपुर नगरपालिकामा ऐतिहासिक महत्वका ३ ओटा पोखरीहरु छन् । विगतमा यस नगरपालिकामा १२ ओटा पोखरीहरु थिए । जसमध्ये सबैभन्दा ठूलो पोखरी यही ३ नम्बर वडामा अवस्थित छ । ३ ओटा पोखरीहरु लाभा पोखरी, धिः पोखरी र मभि पोखरीको नाममा प्रख्यात छन् । यी ३ ओटै पोखरीहरु विगतमा संरक्षण हुन नसकी माटोले पुरिएका थिए । एकैपटकमा यी पोखरीहरुलाई पहिलेको संरचनामा फर्काउनको लागि हामीलाई आर्थिक व्यवस्थापन चुनौतीपूर्ण थियो । यद्यपि हामीले शुरुका दिनमा झारपात र माटो सोहोर्ने काम ग¥यौं ।

एउटा पोखरीलाई भूकम्प पश्चात् टहरा बनाएर अस्थायी बसोबासस्थल बनाइएको थियो । भूकम्पको लामो समय सम्म पनि उक्त पोखरीमा निर्माण सामाग्रीहरु मात्र थुपार्ने कामको लागि मात्र प्रयोगमा आयो । उचित संरक्षण हुन नसकेको अवस्थामा त्यस पोखरीलाई हामीले पहिलेको संरचनामा फर्काउने उद्देश्यले त्यहाँका टहराहरु विस्थापित गरेर वास्तविक स्वरुपमा ल्यायौं ।

कीर्तिपुर नगरपालिकाले आफ्नो ठाउँ भन्दा बाहिरी जिल्लाको भ्रमण गर्न नपाएका ७० बर्ष भन्दा माथिका वृद्ध बुबाआमाहरुलाई विभिन्न ठाउँहरुको भ्रमण गराउने उद्देश्यले ‘देशदर्शन’ नामक कार्यक्रम विगत ४ बर्ष देखि सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत हामीले शुरुमा ५८ जना ज्येष्ठ नागरिकलाई लुम्बिनी भ्रमण गराएका थियौं । त्यो सङ्ख्या हरेक बर्ष बढ्दो छ । अहिले सम्म हामीले तातोपानी, दोलखा भीमेश्वर, चाँगुनारायण, काभ्रेपलाञ्चोकको नमोबुद्ध लगायतका विभिन्न ठाउँहरुमा ती ज्येष्ठ नागरिकहरुलाई निःशुल्क भ्रमण गराएर काठमाडौं फर्काएका छौं ।

हामीले यहाँका पोखरीहरुमा पानी भर्नको लागि २०७५-७६ को पर्यटन दिवसको अवसर पारेर पर्यटनमन्त्री केशव स्थापितको प्रमुख आतिथ्यतामा पोखराबाट डुङ्गा समेत ल्याएर पुनः उद्घाटन गरेसँगै पानी भर्ने काम अघी बढाएका हौं । हामीले यी पोखरीहरुमा डिप वोरिङबाट पानी भरिने गरी व्यवस्था मिलाएका छौं । अहिले हामी यी पोखरीलाई कीर्तिपुरको लागि पर्यटकीय गञ्तव्य बनाउने योजनाबमोजिम कामलाई गतिशिल बनाएका छौं । अहिले केही पोखरीको पुनःनिर्माणको काम भइरहेको छ । जे होस्, कीर्तिपुरका यी पोखरीहरुको संरक्षण र प्रवद्र्धनबाट पर्यटकीय गतिविधि विस्तारमा ठूलो महत्व राख्नेछन् ।

विकास निर्माण सम्बन्धी बुझाई बदलिने क्रममा
हामीले शुरुका दिनमा विकास भनेको भौतिक पूर्वाधारको विकास मात्र हो भन्ने किसिमको बुझाई जनताहरुमा रहेको पाएका थियौं । सोहीबमोजिम जनताहरुबाट हामीसँग सडक, ढल, खानेपानी लगायतका योजनाहरु माग हुने गर्थे । तर अहिले सम्म आइपुग्दा विकासनिर्माण प्रति मानिसहरुको बुझाईमा परिवर्तन भएको छ । भौतिक संरचना मात्र नभई आर्थिक, सामाजिक, शैक्षिक एवं चेतनामा परिवर्तन सहितको विकासलाई मात्र दिगो विकास मान्न सकिन्छ भन्ने कुरालाई हामीले पनि महत्वानुभुति गरेका छौं । सोहीबमोजिम हामीले सडक, ढल लगायतमा मात्र केन्द्रित नभई स्थानीय जनसमुदायलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने किसिमका कार्यक्रमहरुमा हामी केन्द्रित भएका छौं ।

हामीले अहिले युवालक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । स्थानीयहरु आवश्यकता हेरेर विभिन्न तालिमहरु सञ्चालन गरिरहेका छौं । अहिले यही ३ नम्बर वडाका महिलाहरु नै डेढ दर्जन महिला समूहहरुमा संलग्न भएर ेर बचत तथा उद्यमशिल गतिविधिहरुमा संलग्न भएका छन् । महिलाहरुलाई सानातिना उद्यमशिल गतिविधिमा लाग्नको लागि हामीले पनि प्रोत्साहन गरेका छौं । उनीहरुलाई आवश्यक पर्ने तालिमहरु हामीले सञ्चालन गरेका छौं । अहिले कीर्तिपुरका २ ओटा महिला समूहहरुले मसला व्यवसाय सञ्चालन गरिरहेका छन् ।

ज्येष्ठ नागरिकहरुलाई लक्षित ‘देशदर्शन’
कीर्तिपुर नगरपालिकाले आफ्नो ठाउँ भन्दा बाहिरी जिल्लाको भ्रमण गर्न नपाएका ७० बर्ष भन्दा माथिका वृद्ध बुबाआमाहरुलाई विभिन्न ठाउँहरुको भ्रमण गराउने उद्देश्यले ‘देशदर्शन’ नामक कार्यक्रम विगत ४ बर्ष देखि सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत हामीले शुरुमा ५८ जना ज्येष्ठ नागरिकलाई लुम्बिनी भ्रमण गराएका थियौं । त्यो सङ्ख्या हरेक बर्ष बढ्दो छ । अहिले सम्म हामीले तातोपानी, दोलखा भीमेश्वर, चाँगुनारायण, काभ्रेपलाञ्चोकको नमोबुद्ध लगायतका विभिन्न ठाउँहरुमा ती ज्येष्ठ नागरिकहरुलाई निःशुल्क भ्रमण गराएर काठमाडौं फर्काएका छौं । यस ‘देशदर्शन’मा ९२ बर्ष सम्मका वृद्धवृद्धाहरु सहभागि हुनुभएको छ । नगरपालिकाले सामाजिक उत्तरदायित्वलाई विशेष महत्व दिनुपर्छ भन्ने मनसायले हामीले यस्तो पहल गरेका हौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij