
सूचना प्रविधिको क्षेत्रमा स्तरीय तवरले काम गर्नुपर्छ भन्ने मान्यताले केही महिना पहिले देखि सञ्चालनमा आएको संस्था हो सेगोना टेक । हाल काठमाडौं बत्तिसपुतलीबाट सञ्चालन हुँदै आएको यस सेगोनाटेकले सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित कामहरु वेभसाइट डिजाईनिङ तथा डेभलपमेन्ट, एन्ड्रोइड एप्स डेभलपमेन्ट, डिजिटल मार्केटिङ, स्टक म्यानेजमेन्ट सिष्टम, इन्भेन्टरी म्यानेजमेन्ट सिष्टम, सर्च इन्जिन अप्टिमाइजेसन, सेक्युरिटी लगायतको क्षेत्रमा काम गर्दै आएको कम्पनीका संस्थापक सन्तोष सिंहले बताउनुभयो ।
नेपालमा आइटीको क्षेत्रमा नयाँ कम्पनीको रुपमा बजारमा भर्खरै प्रवेश गरेको भएपनि आफूहरुसँग यस क्षेत्रको निकै पुरानो अनुभव रहेको सिंहले बताउनुभएको छ ।
अष्टे«लियाबाट अध्ययन गरेर भर्खर मात्र नेपालमा आउनुभएका सिंहले सूचना प्रविधिको क्षेत्रमा निकै राम्रो सम्भावना रहेको बताउँदै अहिले नेपालका अधिकांश आइटी कम्पनीहरु आउट सोर्सिङमा तल्लिन रहेको तर नेपालमा नै सम्भावना भएका र नेपालको आवश्यकता बमोजिमका प्रविधिहरुको विकासमा भने त्यति संलग्नता नजनाएको अवस्थामा नेपालको आवश्यकता र औचित्यता बमोजिमका नयाँ उत्पादनहरुमा आफू लागिरहने बताउनुभएको छ ।
सूचना प्रविधिमा निकै राम्रो सम्भावना :
विगतको तुलनामा अहिले सुचना प्रविधि सम्बन्धी मानिसहरु बढी मात्रामा जागरुक बनिसकेका छन् । तर अहिले पनि नेपालमा सूचना प्रविधिको बारेमा सबै मानिसहरु जागरुक बन्न सकेका छैनन् । माथिल्लो तलका व्यक्तिहरु बढी मात्रामा सूचना प्रविधिको पहुँचमा पुगिसकेका छन् । यस्तोमा सबै क्षेत्रलाई समेट्नुपर्ने किसिमले सूचनाप्रविधिको सबैमा पहुँच स्थापनाको उद्धेश्य सहित आफूहरुले सेगोनाटेक नामक कम्पनी सञ्चालनमा ल्याएको सिंहले जनाउनुभएको छ ।
कम्पनीले अहिले सम्मका गतिविधिहरु र आगामी योजना :
सेगोनाटेकले हाल विभिन्न कम्पनीहरुका सूचना प्रविधिसँग सम्बन्धित कामहरु गरिरहेको छ ।
नेपालमा सामान्य चिया पसल, तरकारी पसल, सानातिना व्यवसाय देखि स्कुल, कलेज, कर्पोरेट व्यवसाय, उद्योग, संस्था, नेपाल सरकार अन्तरगतका विभिन्न निकायहरु लगायत सबै क्षेत्रमा सूचना प्रविधिको माध्यमबाट प्रयाप्त लाभ लिन सकिने भन्दै सिंहले आफूहरुले साना व्यवसायको निम्ति सोही बमोजिमका योजनाहरु सार्वजनिक गर्ने र तुलनात्मक रुपमा ठूला व्यवसायको निम्ति पनि सोही बमोजिम नै बढ्ने योजना समेत रहेको बताउनुभएको छ ।
सेगोनाटेक अर्गनाइजेसनको सोच :
सेगोनाटेकलाई एउटा अर्गनाइजेसनको रुपमा विकास गर्ने र यस अन्तरगत विभिन्न विभागहरु स्थापना गरी कम्पनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा छिटै परिचित बन्न सफल बनाउँदै गुणस्तरीय कामलाई विशेष प्राथमिकताको साथ अघी बढाउने योजनामा कम्पनी रहेको कम्पनीका ब्राण्ड म्यानेजर शैयाद तुफैल शाहले बताउनुभएको छ ।
ऊहाँका अनुसार आगामी दिनमा सेगोनाटेकलाई छुट्टै ब्राण्डको रुपमा स्थापना गरी यस अन्तरगत इ–कमर्स, अनलाइन पेमेन्ट लगायतका कार्यहरु समेत अघी बढाउने योजना कम्पनीको रहेको समेत बताउनुभएको छ ।
विदेशको सीप नेपालमा :
लामो समय अष्टे«लियामा रहेर अध्ययन गर्ने क्रममा त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमा नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता बमोजिम सेगोनाटेक स्थापना भएको हाे । सोही बमोजिम नेपालमा नै केही गर्नुपर्छ भन्ने जागरूकताकाे साथ युवा मानसिकताकाे साथ अघी बढ्नुभएका उद्यमशिल व्यक्तिहरूलार्इ अघी बढ्नकाे निम्ति हामी सबैले अा-अाफ्नाे क्षेत्रबाट सहयाेग गर्नु जरूरी छ ।
नेपालमा सन्ताेष सिंह जस्ता जागरूक युवाहरू नभएका हाेइनन् । अब नेपाललार्इ सही तवरले विकासकाे दिशामा हिँडाउनकाे निम्ति उहाँ जस्ता जागरूक युवाहरूलार्इ साथमा लिएर देश विकासकाे सपना साकार पार्नु जरूरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij