३१ असार, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् । 
उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो काठमाडौं मार्फत इन्टरपोल मुख्यालयले रमेशसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध जुन १८ मा रेड नोटिस जारी गरेको थियो ।
यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेती लगायतका समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।
उप्रेतीलाई केही दिनअघि पक्राउ गरिएको र नेपाल ल्याउने तयारी समेत भइरहेको स्रोतले बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij