अपरीचित गाऊले,काठमाण्डू सुनिता खनालको कवितासङ्ग्रह “ओ नायक” आज बिमोचन भएको छ l फिनिक्स बुकले प्रकाशन गरेको उक्त कवितासङ्ग्रह आज काठमाडौंको प्रज्ञा प्रतिस्ठान एक बिशेष कार्यकम बिच बिमोचन भएको थियो l

सुनिता खनाल काव्यको सङ्गति र भाषिक प्राञ्जलताका बारेमा परिचित छिन् । लाग्छ, कथ्य जति नै कठोर र सुष्क किन नहोस्, कविताको भाषा कोमल र लालित्यपूर्ण वाग्धाराको बहाव हो भन्ने कुरा उनले बुझेकी छिन् भन्ने प्रतीत हुन्छ ।

अर्को कुरा, उनले सोझो समयको कुराको अभिव्यक्तिका लागि पनि वक्र भाषा नै कविताको भाषा हो भन्ने कुरा स्वीकार गरेको बुझिन्छ । यस मानेमा, सोझो अर्थको मोहमा, अथवा अहमको सपाट अभिव्यक्तिको मोहमा काव्यलाल्त्यिसँग सम्झौता गर्नु हुँदैन, र व्यञ्जनाको बाटो अख्तियार गर्दै कविताले बहुअर्थी सम्भावना बोकेको हुन्छ भन्ने कुरालाई पनि उनले स्वीकार मात्रै होइन, आत्मसात पनि गरेकी छिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij