काठमाडौँ, १८ चैतः नेपाली बजारमा सुनकाे मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेकाे छ ।
सुनको मूल्य आज प्रतिताेला रू ११ सय रूपैयाँले बढेर रू १ लाख ७७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे सुन प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको थियाे ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनचाँदीकाे मूल्य बढेकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij