२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुनको मूल्यले फेरि बनायाे नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायाे नयाँ रेकर्ड

काठमाडौँ, २८ चैतः नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । आज सुनको मूल्य प्रतितोला  रु ५ हजार ७०० रूपैयाँले बढेको हो ।

सुन आज प्रतितोला रु ५ हजार ७०० रूपैयाँले बढेर एक लाख ८१ हजार १०० रूपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । बुधबार सुन प्रतितोला रु १ लाख ७५ हजार ४०० मा कारोबार भएको  थियाे ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij