काठमाडौं, ३ वैशाखः आज एकैदिन सुनको मूल्य प्रतितोलामा रू २ हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यकाे रेकर्ड कायम गरेकाे छ ।
बुधबार सुन प्रतितोलामा रू २ हजार ७ सय रूपैयाँले बढेर प्रतितोला रू १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे हालसम्मकै उच्च मूल्यकाे रेकर्ड हाे । हिजाे सुन प्रतिताेला रू १ लाख ८४ हजार ३ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै चाँदी प्रतितोलामा रू१० रुपैयाँ बढेर आज प्रतितोला १ हजार ९५५ रुपैयाँमा काराेबार हुने भएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij