२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अलविदा लालबहादुर

अलविदा लालबहादुर

काठमाडौं / सिन्धुली जिल्लाका बामपंथी अगुवा तथा समाजसेवी निर्मलजङ्ग थापा एवम् सिभिल अस्पतालका पुर्व अध्यक्ष डा. बिमल थापाको पुजनीय पिता लाल बहादुर थापा (रामबाबु)को भाद्र १० गते बिहान ४:०० बजे निजि निवास मधुटारमा स्वर्गारोहण भएको छ ।
थापा लामो समय देखि दमरोगबाट पीडित हुनुहुन्थ्यो । शिक्षाबाट कोही पनि वन्चित हुनुनपरोस् भन्ने मान्यता राख्ने थापा निमुखाहरुको लागि प्रेरणाको स्रोत नै हुनुहुन्थ्यो ।
उहाँको शैक्षिक उदारनीतिबाट जिल्लाका धेरै निम्नवर्गीय युवाहरू शिक्षाको उज्यालो प्रकाशबाट बन्चित हुनुपरेको थिएन, शिक्षा नै जीवनको उज्यालो प्रकाश हो भन्न सिकाउने आदर्श ब्यक्त्तित्व लालबहादुर थापाको भौतिक शरीर अब हामी माझ नरहेपनि उहाँले दिनुभएका शैक्षिक आदर्शहरु जिल्लाबासिको हृदयमा जिवन्त लाल नै बनेर चम्किरहने छ ।
थापाका दुई श्रीमती चार छोरा र पाँच छोरी छन् । साहिँला छोरा स्व.क्याप्टेन कबिन्द्र जङ्ग थापा आज भन्दा १८ बर्ष पहिला शान्ति मिसन जाँदा कङ्गाेमा वीर गति प्राप्त गरि नेपालको इतिहासमा अजर अमर छन् ।
सिन्धुलीबासीले एक निस्ठावान् कर्मठ अभिभावक गुमाउँदाको पीडा लाई शक्त्तिमा बदल्दै उहाले विभिन्न क्षेत्रमा पु्याउनु भएको योगदान युगौंयुग सम्म इतिहासमा सुनौलो अक्षरले जिवन्त रहिरहने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij