२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सिडेन प्रादेशिक कमिटीलाई सरकारको थिङ्क ट्याङ्कको रुपमा विकास गर्नेछौंः सभापति उम्मेदवार सापकोटा

सिडेन प्रादेशिक कमिटीलाई सरकारको थिङ्क ट्याङ्कको रुपमा विकास गर्नेछौंः सभापति उम्मेदवार सापकोटा

काठमाडौं । जेठ १३ नजिकिँदै गर्दा डेमोक्रयाट इन्जिनियरहरुको चहलपहल बढ्दो छ । यसपटकको निर्वाचनमा पूर्वाधारविज्ञ ई. लक्ष्मण केसी पूर्ण प्यानल सहित निर्वाचनमा होमिएका छन् । के.सी.को प्यानल अन्तरगत ई. नरकान्त सापकोटा यस पटकको सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स (सिडेन)को निर्वाचनमा बाग्मती प्रदेश तर्फ सभापति पदका उम्मेदवार बनेका छन् ।

ई. लक्ष्मण केसीको प्यानलबाट उम्मेदवारी दिएका सापकोटा वि.सं २०५७ देखि इन्जिनियरिङ क्षेत्रमा जोडिएका हुन् । पश्चिमाञ्चल क्याम्पसबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनसँगै इन्जिनियरिङ क्षेत्रमा जोडिएका सापकोटाले पूर्वाञ्चल क्याम्पसबाट बि.ई (सिभिल) र पुल्चोक क्याम्पसबाट यातायात पूर्वाधारमा स्नातकोत्तर शिक्षा पूरा गरेका छन् ।

स्थानीय तहमा काम गर्ने इन्जिनियरहरु सहित सबै क्षेत्र÷विधामा कार्यरत थुप्रै इन्जिनियरहरुका समस्यालाई नजिकबाट बुझेका सापकोटाले इन्जिनियरिङ क्षेत्रको सुधारको लागि आफूले प्रयाप्त काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सिडेनको दोस्रो प्रदेशस्तरीय कमिटीको लागि उम्मेदवारी दिइरहँदा यस कमिटीलाई प्रदेश सरकारसँग समन्वय गर्दै काम गर्नुपर्ने अभिभारा रहेको र त्यो दायित्व वहन गर्न आफू सक्षम हुने सापकोटा दाबी गर्छन् ।

नेपाली काङ्ग्रेस निकट भातृ सङ्गठनको रुपमा रहेको सिडेनलाई नेपाली काङ्ग्रेस, नेपाल सरकार र अन्य सरोकारवाला निकायहरुसँग समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्ने दायित्वलाई आफू नेतृत्वको प्रादेशिक कमिटीले गम्भीरतापूर्वह वहन गर्ने दावी समेत सापकोटाको छ ।

मुख्य अनुभवहरु

सापकोटा नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (NCIT) मा सिभिल इन्जिनियरिङ विभागीय प्रमुखको भूमिका निर्वाह गरेका व्यक्ति हुन् । थुप्रै कलेजहरुमा उनले इन्जिनियरिङ अध्यापन कार्य सम्पन्न गरेका छन् ।

मृदुभाषी र सरल स्वभावका सापकोटा अमेरिकी सहयोग नियोग (युएसएड) अन्तरगत रही काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा २ बर्ष रिकन्स्ट्रक्सन इन्जिनियर कोर्डिनेटरको रुपमा जिम्मेवारी वहन गरेका व्यक्ति हुन् ।

यसैगरी उनले विश्व बैंकको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय भवन निर्माणमा अनुगमन मूल्याङ्कन परामर्शदाताको रुपमा काठमाडौं र भक्तपुरमा ३ बर्ष काम गरेका छन् ।

एसियाली विकास बैंकबाट विद्यालय पुनर्निर्माणमा विदेशी परामर्शदाता मार्फत ३ बर्ष राष्ट्रिय विज्ञको रुपमा उनले १४ जिल्लाहरुमा काम गरेका छन् ।

नगर यातायात गुरुयोजना अन्तरगत विभिन्न परामर्शदाता कम्पनी मार्फत २१ ओटा गुरुयोजना निर्माण गरेका सापकोटा योजना र पूर्वाधारको क्षेत्रमा एक अब्बल व्यक्ति हुन् । हाल उनी क वर्गको निर्माण कम्पनीमा सेवारत छन् ।

मुख्य एजेण्डा

आफू नेतृत्वको सिडेनलाई इन्जिनियरहरुका समस्या समाधानको साझा चौतारीको रुपमा विकास गर्नुपर्ने आवश्यकता महसुस गरेका सापकोटाले ई–लाइब्रेरी निर्माण, सबै इन्जिनियरहरुको अनिवार्य बिमा तथा अन्य आवश्यक सुविाधाको लागि लविङ गर्ने, इन्जिनियरहरुको क्षमता अभिवृद्धिलाई विशेष रुपमा सम्बोधन गर्ने लगायतका एजेण्डा सहित चुनावी मैदानमा छन् ।

विभिन्न सरकारी एवं दातृ निकाय र परामर्शदाता कम्पनीहरुमा लामो समय सिकेको योगदान र अनुभव मार्फत सिडेनलाई नयाँ उचाईमा उठाउनको लागि आफूले यसपटक उम्मेदवारी दिएको दाबी गर्ने सापकोटा सम्पूर्ण मतदाता समक्ष  आफू र आफ्नाे प्यानललाइ मतदान मार्फत विजयी बनाउनको निम्ति आग्रह समेत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij