२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सामाजिक यात्रा र व्यवसायमा सक्रिय तारा बहादुर कुवँर

सामाजिक यात्रा र व्यवसायमा सक्रिय तारा बहादुर कुवँर

 

हेभी इक्युपमेन्ट व्यवसायी तथा सामाजिक अभियन्ता तारा बहादुर कुवँर

 

लामो समय देखि सामाजिक क्षेत्रमा संलग्न रहेर काम गरिरहनुभएका व्यक्ति हुनुहुन्छ तारा बहादुर कुवँर । यसपटकको लकडाउन अवधिमा पनि राहत सामाग्रीहरु उपलब्ध गराउने कार्यमा कुवँरको निकै नै सक्रियता रह्यो ।
काठमाडौंमा जीवन धान्न समस्यामा रहेका, अपाङ्ग, अशक्त, सुत्केरी, एकल महिला र विरामीहरुलाई लक्षित गरेर उहाँले विभिन्न राहत सामाग्रीहरु उपलब्ध गराउनुभएको छ ।

चक्रपथ सरसफाई अभियानमा पनि सक्रिय रहँदै आउनुभएका कुवँरले कोहीकसैको चुल्होचौको बल्न नसक्ने अवस्था रहेको पाए आवश्यकता बमोजिम राहत तथा सहयोगहरु उपलब्ध गराउने कार्यमा उहाँ निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।

भूकम्पको समयमा पनि उहाँले थुप्रै मानिसहरुलाई सक्दो सहयोग उपलब्ध गराउनुभयो । निरन्तर रुपमा सामाजिक गतिविधिहरुमा संलग्न रहँदै आउनुभएका कुवँर समाजसेवा मानिसको अन्तरमन देखि नै जागृत हुनसके प्रभावकारी बन्न सक्ने धारणा राख्नुहुन्छ ।

लकडाउनको अवधिमा समाजसेवामा संलग्न रहेर काम गरिरहनुभएका कुवँरले हरेक शनिवार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु एवं सामाजिक अभियन्ताहरुको प्रत्यक्ष संलग्नतामा १ हजार भन्दा बढी परिवारलाई राहत वितरण गर्नुभयो । यसमा आफूलाई विशेष गौरवान्वित महसुस भएको कुवँर बताउनुहुन्छ ।

आफ्नो क्षमताले भ्याएसम्म सबै किसिमका अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई उहाँले विभिन्न सहयोग गर्दै आउनुभएको छ । लकडाउन अवधिमा गरिएको राहत वितरण अन्तरगत कसैलाई सिङ्गै बोरा त अन्यलाई १० किलो चामल, १ किलो आलु, १ लिटर तेल, १ किलो दाल, नुन लगायत रहेका थिए ।

आगामी दिनहरुमा समेत अवस्था अझ दयनीय बन्दै गएको खण्डमा आफ्नो सामाजिक सेवा कार्य अझ बढाउँदै जाने प्रण कुवँरले गर्नुभएको छ ।

दैनिक व्यावसायिक रुपमा लकडाउन पछाडिका दिनहरुमा डेढ लाख सम्मको नोक्सानी भोग्नुपरेको कुवँरको अनुभव छ । यसरी दैनिक ठूलो नोक्सानीको भार खेप्नुपरेको अवस्थामा सामाजिक हितलाई लक्षित गरी सरदर दैनिक १० हजार रकम थप खर्च गर्दा आफूलाई विशेष आनन्दको महसुस कुवँरले गर्नुभयो ।

व्यावसायिक यात्रामा तारा बहादुर कुवँरः
खालि खुट्टा काठमाडौं आउनुभएका र निकै नै चुनौतीपूर्ण तवरले आफ्नो जीवनयात्रालाई अघी बढाउनुभएका कुवँरले निम्न र मध्यम वर्गीय व्यक्तिको पीडालाई राम्ररी बुझ्नुभएको छ । आफ्नो सानो सहयोगले अन्य कसैलाई ठूलो उद्दार र प्रोत्साहन मिल्छ भने आफू त्यस किसिमको कार्यमा निःस्वार्थ भावबाट सक्रिय हुनुपर्छ भन्ने मान्यता राख्ने कुवँर समाजका लागि विशेष महत्वपूर्ण पात्र हुनुहुन्छ ।

अहिले उहाँले व्यावसायिक रुपमा हेभी इक्युपमेन्ट र निर्माण व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । हाल विभिन्न वस्तु आयात (ट्रेडिङ व्यवसाय)मा समेत संलग्न उहाँ आफूलाई सफल व्यवसायी नै ठान्नुहुन्छ ।

‘कठोर मेहनतले नै मानिस धनी बन्दो हो त तारा बहादुर कुवँर सायद नेपालको अग्रपंक्तिको सफल र सम्पन्न उद्यमी बन्थेँ होला ।’ काठमाडौंमा खालि खुट्टा प्र्र्रवेश गर्नुभएका तारा बहादुर कुवँरको शुरुका दिनको काठमाडौं बसाई सहज थिएन । काठमाडौंमा चिनजानेका कोही थिएनन् । आफ्नो आर्थिक अवस्था राम्रो थिएन । घरबाट अध्ययनकै उद्देश्यले काठमाडौं आएपनि यहाँको बसाई असहज भएकोले भारी बोक्ने, टेम्पो चलाउने, रिक्सा, ट्रिपर चलाउने जस्ता कामहरु गर्नुपर्यो ।

काठमाडौं आउनुभएका आफ्ना दाई लाल बहादुर कुवँर २०३६ को आन्दोलनमा बेपत्ता हुनुभयो । अहिले सम्म उहाँ बारे केही पत्ता लागेको छैन । त्यस घटनाले तारा बहादुरलाई निकै नै भावविह्वल बनायो । साथै आफ्नो जीवनलाई थप शशक्त बनाउन समेत त्यो घटना विशेष महत्वपूर्ण रह्यो । एकअर्का बीच कसैलाई केही मतलब नहुने काठमाडौंमा अहिले पनि अधिकांश ग्रामीण क्षेत्रबाट भित्रिनेहरु आफूले आफूलाई नै रहरको शहर भित्र हराइरहेका छन् । केही सीमित व्यक्तिले मात्र राम्रो प्रगति गरेका छन् । अधिकांश शहरको रणभुल्लमा आफ्नो अस्तित्व नै नामेट पारेर जेनतेन आफूलाई बचाइरहेका मात्र छन् ।
तर तारा बहादुर स्वार्थी शहर बीच पनि आफ्नो मनोबललाई उच्च राख्दै कर्म क्षेत्रमा निरन्तर सक्रिय रहेकै कारण समाजको उज्ज्वल नक्षत्र बन्न सफल हुनुहुन्छ । शुरुका दिनमा थुप्रै आरोह अवरोहहरु भोगेका कुवँरलाई अहिले पनि आफ्नो विगतले झक्झक्याउँछ । सबै मानिसहरुको उनले सहजै पीडाबोध गराउँछन् ।

तारा बहादुरको विगत र वर्तमानः
कडा परिश्रमले मात्र सफल हुन सकिने रहेनछ, विशेष योजना सहित आफ्ना पाइलाहरु चाल्नुपर्दो रहेछ भन्ने बोध भएसँगै उनले आफ्ना कार्य एवं लगानी क्षेत्रहरुमा विविधिकरण समेत गर्दै जानुभयाे ।

निकै कष्टकर विगतलाई भोगेका तारा बहादुरले कहिल्यै सोचेका थिएनन् कि कुनै दिन आफू मातहत ट्रिपर, मिनी ट्रक, ट्रक सहितका डेढ दर्जन भन्दा बढी साधनहरु आफ्नो मातहत सञ्चालन हुनेछन् भनेर । अहिले हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कुवँरका थुप्रै डोजरहरु नेपालका अधिकांश जिल्लाहरुमा विभिन्न निर्माण कार्यमा सक्रिय छन् ।
अहिले पनि तारा बहादुरको सक्रियता घटेको छैन । दैनिक अहिले पनि १७-१८ घण्टा काममा खटिने कुवँरलाई अहिले केही अभाव छैन । तैपनि उनी व्यापारका नयाँ योजनाहरु पस्किइरहेका छन् । हाल उनले श्रृलंकाबाट हेमाज ब्राण्डका कुमारिका कस्मेटिक एवं वेवी प्रडक्टहरु, दुवईबाट आइटिआर ब्राण्डको टायर र लुब्रिकेन्ट्स आयात गरिरहनुभएकाे छ ।

यसैगरी उहाँकाे कम्पनीले दक्षिण कोरियाबाट युएसबी ब्राण्डको टाइगर ब्राण्ड ब्रेकर एवं हुन्डाइ कम्पनीका फिल्टरहरु आयात गर्दै आइरहेकाे छ ।
आगामी दिनमा परिस्थितिले साथ दिए राजनीतिमा संलग्न भई नीतिनिर्माण तहमा पुग्ने योजनामा समेत उहाँ हुनुहुन्छ ।

साथै सञ्चार माध्यमसँगकेा कुराकानीको क्रममा उहाँ आफूले कमाएको २० प्रतिशत रकम सामाजिक कार्यमा नै खर्च गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij