२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सानिमा रिलायन्स लाईफ इन्सुरेन्सले “आधारभूत शिक्षा तथा साक्षरता”काे लागि सहकार्य गर्ने

सानिमा रिलायन्स लाईफ इन्सुरेन्सले “आधारभूत शिक्षा तथा साक्षरता”काे लागि सहकार्य गर्ने

काठमाडौं । नेपालमा जीवन बीमा क्षेत्रमा काम गर्दै आइरहेको अग्रणी कम्पनी हो रिलायन्स नेपाल लाइफ इन्स्योरेन्स । यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रममा सहयोग गर्ने भएको छ ।

अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले देशका विभिन्न भागमा संचालन गर्ने “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने कार्यमा सानिमा रिलायन्स लाइफले सहयोग गर्न लागेको हो ।

यसको लागि दुई संस्था बीच भदौ २३ गते सहमति पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिति रहेको थियो ।

सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई रु ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये रु २.५ लाख शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलहरुमा संचालन हुने त्भ्ब्ऋज् कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिनेछ ।

सहमति पत्रमा हस्ताक्षरको लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताउनु भयो । साथै “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गर्नुभयो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij