काठमाडाैं २१ माघः सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट सम्पन्न भएको छ । एलिट अचिभर्स नाइट कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि MDRT / COT / TOT मा योग्य हुनुभएका एजेन्सी म्यानेजरहरुलाई सम्मान पनि गरेको छ ।
कम्पनीबाट १ जना TOT , २ जना COT २४ जना MDRT को लागि योग्य हुनुभएको हो । योग्यहरुमा TOT को लागि नमिता न्यौपाने, COT लागि रण बहादुर तामाङ हुनुहुन्छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सि म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढी सहभागिता बढाउनको लागि कम्पनिबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताउनु भयो । यसका साथै कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरु आधारशिला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुलाई पनि धन्यवाद प्रदान गर्नुभयो ।
चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती रहेको थियो ।
।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij