काठमाडाैं, ११ चैतः सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आठौं वार्षिक साधारण सम्पन्न भएको छ । काठमाडौंमा कम्पनीले शुक्रबार अध्यक्ष रतन लाल केडियो अध्यक्षतांमा एक कार्यक्रमबिच वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष केडियोद्धारा स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गर्नुभएको थियो ।
कम्पनीको आठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट आ.व. ०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै कम्पनीले आर्थिक वर्षकोे लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,९५,३०,६५,२२४।– (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस मात्र) को ८ प्रतिशतका दरले हुने रकम रु.३९,६२,४५,२१८।– (अक्षरेपी उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार मात्र) बराबरको नगद लाभाशं (बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) वितरण गर्ने निर्णय गरेको छ । साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६,१८,५८,८३२।– (अक्षरेपी छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरुी.५,०१,४९,२४,०५६।– (अक्षरेपी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न) पुर्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ.व ०८१।०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीका रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा.१०, नयाँ बानेश्वरबाट परिवर्तन गरी का.जि.का.म.न.पा. ०१, नक्साल, काठमाण्डौं कायम गर्ने भएकाे छ । सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीका अध्यक्ष केडियोले कम्पनिको मूल्य मान्यता एवंम अवलम्बन गरिएको कुशल व्यवसायीक नीति संस्थागत, सुशासनको सफल कार्यान्वयन तथा कम्पनिमा कार्यरत दक्ष जनशक्तिको कार्यदक्षताले सर्वसाधारण सेवाग्राही बीच आफ्नो पृथक पहिचान स्थापित गर्न प्रतिबद्ध व्यक्त गर्नुभयाे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसुचकहरुमा निरन्तर वृद्धि गरी आएको छ र आगामी वर्षहरुमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दिर्घकालिन व्यवसाय मार्फत जीवन बीमा क्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहेको जानकारी गराउनुभयो । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको दाबी गर्नुभयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij