काठमाडौं । साझा यातायातका ४ वटा डिलक्स बस काठमाडौं आइपुगेका छन् । साझा यातायातकाअनुसार यी बसले केही समयपछि नै सेवा थालनी गर्नेछन् । कम्पनी स्रोतका अनुसार यी बस बाग्लुङसहित अन्ये केही गन्तब्यमा नियमित रुपमा चलाउने योजना छ । बसहरु पञ्जीरकरणको प्रक्रियामा रहेका छन् । साथै साझाले २० वटा सिटी बस पनि ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि भारतमा बस निर्माण कार्य भइरहेको छ । तिहारपछि साझाका २० वटा सिटी बस थपिनेछन् । साझाले एउटा सेमी-लो फ्लोर बस ल्याएर सञ्चालन गरिरहेको छ ।
यसअघि साझाले १३ वटा डिलक्स बस ल्याउन लागेको थियो । तर, काठमाडौं र ललितपुर महानगरपालिले साझालाई उपत्यकाभित्रै चलाउने गरी सिटीबस ल्याउन भनेपछि योजना परिवर्तन भएको थियो । त्यसपछि कम्पनीले डिलक्स बसको संख्या घटाएको थियो ।
बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयााको दिइसकेका छन् । दुबै महानगरपालिकाले यो रकम साझा यातायात प्रालीमा शेयरका रुपमा लगानी गरेका हुन् । यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij