
काठमाडाैं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत नार्गाजुन नगरपालिका वडा नं. ४ स्थित शरणपुरको ढल निर्माण र सडक ढलान गर्ने कार्यको निरिक्षण भयो ।

निरीक्षणमा प्रतिनिधिसभा सदस्य माननीय जीवनराम श्रेष्ठ, नार्गाजुन नगरपालिकाका वडा नं ४ का अध्यक्ष करुण कुमार बलामी, वडा सदस्यहरु विश्वेश्वर ढुङ्गाना, सुशीला नेपाल, बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश जङ्गबहादुर सिंह, उपभोक्ता समितिका कोषाध्यक्ष ईश्वरराज बलामी तथा पदाधिकारीहरु, ईन्जिनियर कंञ्चन बलामी, स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
माननीय जीवनराम श्रेष्ठले स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उक्त सडक ढलान भएपछि दैनिक आवतजावत गर्ने यात्रुलाई सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।