२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सांसद श्रेष्ठद्वारा रेञ्जर रेजिमेन्ट छाउनीलाई पीपीई बुथ हस्तान्तरण

सांसद श्रेष्ठद्वारा रेञ्जर रेजिमेन्ट छाउनीलाई पीपीई बुथ हस्तान्तरण

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद जीवनराम श्रेष्ठले रेञ्जर रेजिमेन्ट छाउनीलाई पीपीई बुथ हस्तान्तरण गरेका छन्। नेपाटप अर्गनाइजेसनद्वारा निर्मित उक्त बुथ रेञ्जर रजिमेन्टका कर्णेल राजेशविक्रम शाहीलाई हस्तान्तरण गरिएको हो।

पीपीई बुथ हस्तान्तरण तथा सिसिएमसी निरीक्षणमा १५ वडाका वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्य मैयालक्ष्मी महर्जनको उपस्थिति थियो।

नेपाटप अर्गनाइजेशनका प्रोडक्शन म्यानेजर नविन्द्रमान सिंले कोरोना संक्रमणको भयावह स्थितिमा बिरामीको स्वाब टेष्ट गर्न यो पीपीई बुथ उपयोगी हुने बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij