२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन विभागबिच अनलाईन मार्फत धितो फुकुवा गर्ने सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन विभागबिच अनलाईन मार्फत धितो फुकुवा गर्ने सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्झौता भएको छ ।

सम्झौतामा साेमबार सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरे ।

यससंगै सरकारले आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गत नै अनलाईन मार्फत रोक्का/रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको बिभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले बताए ।

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का/रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने साथै वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij