२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

 सहरी विकासमन्त्रीकाे सन्देशः बागमती सफा राख्न पहिले आफ्नै मन सफा गराउँ

 सहरी विकासमन्त्रीकाे सन्देशः बागमती सफा राख्न पहिले आफ्नै मन सफा गराउँ


काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन पहिले आफ्नै मन सफाई गर्नुपर्ने सन्देश दिएकी छिन् ।

उनले बागमती सफा पार्ने काम आसपासमा बस्ने नागरिक लगायत सबैकाे दायित्व हुने बताइन् ।

अधिकार सम्पन्न बागमतीसभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वाग्मतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताएकी हुन् ।

बागमतीसफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्दा पनि  सफा हुन नसकेकाे भन्दै उनले उक्त कार्यकाे लागि सफाई अभियान मात्र प्रयाप्त नभएकाे र मनै देखि शुद्धिकरण आवश्यक रहेकाे बताइन् । बाग्मतीमा फोहोर फ्याँक्ने चलनलाई रोक्न नसक्दा याे अवस्था सृजना भएकाे उनले बताइन् ।

मन्त्री गुरुङले बागमती सभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij