
गाईघाट । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कं लि. (सलिको) गाईघाट शाखाले विमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त विमा सचेतना कार्यक्रम यही फागुन १४ गते देखि १६ गते सम्म ३ दिनको लागि सञ्चालन गरिएको थियो ।
शाखाका कर्मचारीहरु नन्दन कुमार चौधरी र चन्दन मल्ल ठकुरीको उपस्थितिमा कृषि बीमाको निम्ति तोकिएको खोटाङग जिल्लाको बराह पोखरी गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा बाघखोर भञ्याङग गा.पा अध्यक्ष शालिकराम बन्जराको अध्यक्षता रहेको थियो भने पालिका उपाध्यक्ष भुवलराज राई, प्रमुख प्रशासकिय अधिकृत दिल कूमार अधिकारी, वडाअध्यक्षहरु ढक बहादुर कार्की, पदम बहादुर मगर, तारा कुमार राई, शन्तोष आचार्य, फौदराज राई, दुर्गा बहादुर राई, पालिकाका पशू शाखा प्रमुख आशिस बन्जरा लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ३६ जना कृषकहरु सहभागी भएका थिए ।
उक्त पशु तथा कृषि बीमा सचेतना गोष्टि कार्यक्रममा कृषकहरुलाई पशु तथा कृषि बीमाको परिभाषा, महत्व, दावी प्रक्रिया लगायत दावी गर्दा आवश्यक कागजात लगायतका बिषयवस्तुहरु समेटिएको थियो ।
उक्त गोष्टी कार्यक्रमले कृषकहरु तथा जनप्रतिनिधीहरुलाई बीमा सम्वन्धि निकै उत्साहित बनाएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij