२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल नियुक्त गरेको छ ।

अब यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ ।

सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।

रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij