२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सरकार विस्तार प्रति वाम गठबन्धन आक्रोषित

सरकार विस्तार प्रति वाम गठबन्धन आक्रोषित

वामपन्थी गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचन घोषणा भइसकेको अवस्थामा सरकार विस्तार गर्ने निर्यण गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले गलत कदम चालेको भन्दै आक्रोस पोखेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपाका ८ जनालाई समेटेर सरकार विस्तार गर्ने तयारी गरेपछि गठबन्धनमा आबद्ध दल एमाले र माओवादी प्रधानमन्त्री देउवाप्रति आक्रोषित बनेका हुन् ।

सरकारमा सहभागी प्रमुख सत्तारुढ दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुडे बल प्रयोग गरेर राप्रपालाई सरकारमा ल्याउनु गलत निर्णय भएको प्रतिक्रिया दिएका छन् । ‘सत्तारुढ दल माओवादीसँग कुनै छलफल नै नगरी सरकार विस्तार गर्ने जुन काम भएको छ । त्यो गलत र अनुपयुक्त निर्णय हो,’ उनले भने।

निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेको अवस्थामा सरकार विस्तार गर्नु आचारसंहिता विपरित भएको भनेर सच्याउन यसअघि नै पटक पटक निर्देशन दिँदा पनि त्यसलाई अटेर गर्दै मुडेबलको प्रयोगमा प्रधानमन्त्री देउवाले मन्त्री थपेको आरोप उनले लगाए । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु सरकारबाट फिर्ता हुने वा के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij