२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सरकारले पास उपलब्ध गराए अलपत्र नागरिकलाई घर पुर्याउन यातायात व्यवसायीहरु तयार

सरकारले पास उपलब्ध गराए अलपत्र नागरिकलाई घर पुर्याउन यातायात व्यवसायीहरु तयार

यातायात व्यवसायीले लामो लकडाउनका कारण काठमाडौं उपत्यकालगायत स्थानमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्याइदिन तयार रहेको बताएका छन् ।

राजमार्गमा हजारौं मजदुर पैदलै हिंडेर घर जाने अवस्था देखिएको भन्दै यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सर्वसाधारणलाई घर पुर्याउन तयार रहेको जनाएको हो ।
महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै त्यसका लागि सवारी पास र आवश्यक सुविधा उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् । ‘कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठूलो असर पर्न गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लाखौं यातायात मजदुरहरु हुन गएको, उनीहरुलाई रोजीरोटीको समस्या भएको र राजमार्गमा हजारौं यात्रु मजदुरहरुको बिचल्ली भई ठूलो समस्या भएकोले उनीहरुलाई घरसम्म पु¥याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा यात्रु तथा मजदुर हितका लागि हामी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको व्यवहोरा जानकारी गराउँछौं ।’

कडाउनको समयमा महासंघले सरकारलाई सहयोग गर्दै आएको भन्दै विज्ञप्तिमा आगामी असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गर्न माग गरेको छ । यस्तै ६ महिनाको किस्ता अवधि बढाइदिन माग गरिएको छ । यस्तै महासंघले सामग्र यातायात क्षेत्रको संरक्षणका लागि ‘यातायात संरक्षण आयोग’ गठनको माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij