२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

राजस्व संकलन

सरकारको आठ महिनाको राजस्व ७ खर्ब २० अर्ब नाघ्यो, खर्च अझै धेरै

सरकारको आठ महिनाको राजस्व ७ खर्ब २० अर्ब नाघ्यो, खर्च अझै धेरै

काठमाडौँ , २८ चैतः  चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपाल सरकारले ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक विवरण अनुसार यो रकम कर तथा गैरकर स्रोतबाट संकलन गरिएको हो।

यस अवधिमा संकलित कुल राजस्वमध्ये करमार्फत ६ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ र गैरकर स्रोतबाट ८१ अर्ब ५५ करोड रुपैयाँ सरकारको खातामा पुगेको छ।

तर राजस्वभन्दा बढी खर्च भएको देखिन्छ। आठ महिनामा सरकारले कुल ८ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ। यसमा ५ खर्ब ८४ अर्ब १३ करोड चालु खर्च, ८२ अर्ब ३४ करोड पुँजीगत खर्च र १ खर्ब ७२ अर्ब ८९ करोड वित्तीय व्यवस्थापनमा खर्च भएको छ।

अघिल्लो वर्षको अन्त्यमा ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको सरकारी मौज्दात रकम यस वर्षको फागुन मसान्तसम्म आइपुग्दा ३ खर्ब ९२ अर्ब ३६ करोड पुगेको छ। यसमा संघ, प्रदेश र स्थानीय सरकारका खातामा रहेको नगदसमेत समावेश छ।

यसरी हेर्दा सरकारको आम्दानीमा केही सुधार देखिए पनि खर्चको तुलनामा अझै कम रहेको स्पष्ट देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij