काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले तत्काल केही पनि नसोचेको बताएका हुन् ।
उनले नोवेल कोरोना भाइरस (कोभिड–१९)को जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार मातहत भने लकडाउनबारे निर्णय लिन सक्ने बताएका छन् ।
संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्लेषण भइरहेको बताए । उनले भने, ‘शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij