काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय र समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समुन्नत समाजवादी मुलुक निर्माणको दिशामा सक्रिय रहनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
फागुन शुक्ल पूर्णिमाको अवसरमा मनाइने होली पर्वका सन्दर्भमा शुभकामना व्यक्त गर्दै उहाँले जनताको सार्वभौम अधिकारको संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ।
नेपाल विविध जातीय, धार्मिक तथा सांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै अध्यक्ष नेपालले हाम्रा मौलिक रीतिरिवाज, परम्परा र संस्कृतिहरू राष्ट्रिय सम्पत्ति भएको बताउनुभएको छ। उहाँले सबै जातजाति र समुदायका भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको पनि जोड दिनुभएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij