निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक पद्धति तर्फ दलहरुले पाएको सिट संख्या तोकेको छ । आयोगले आफूले पाएको सिटमा कति महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ भन्नेसमेत तोकेर दलहरुलाई पत्र पठाएको छ । प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये ५ दलले मात्र सिट प्राप्त गरेका छन् ।
आयोगका अनुसार सबैभन्दा धेरै मत एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२५ प्रतिशत पाएको छ भने सबैभन्दा कम हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको छ ।
तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने संवैधानिक व्यवस्था छ । त्यस अनुसार समानुपातिकको ११० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६/६ सिट पाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij