दीपक घिमिरे, काठमाडाैं l
डान्सर’ नीलम ढुंगानाले बिहिबार एउटा बहस सिर्जना गर्ने खालका तस्बिर पोष्ट गरिन् । उनले आफ्नो छोरीलाई स्तनपान गराइरहेको फोटो सार्वजनिक गरेसंगै यसबारे बहस हुन् थालेका छन् । नीलमको यो कार्यलाई कतिपयले समाजलाई चुनौती भन्दै उनको हिम्मतसँग तुलना गरेका छन् भने कतिपयले गोप्य कुरालाई सार्वजनिक गर्न नहुने धारणा राखेका छन् । स्वास्थ्य बिग्रिने बहानामा नवजात शिशुलाई स्तनपान नगराउने अचेलका पुस्ताका लागि नीलमको यो कदमले भने गतिलो संदेश दिएको धेरैको टिप्पणी छ ।
प्रकृतिले महिलाको स्तन उस्को बच्चालाई स्तनपान गराउनका लागि दिएको हो। जहाँ सम्म नेपाली समाजको कुरा रह्यो, उनको फोटोमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिए पनि केहिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् ।
नीलम भन्छिन् ‘शारिरीक सम्बन्ध र स्तनपानलाई एउटै क्याटेगोरीमा राखिन्छ जस्तो लाग्दैन मलाई । हुन त यहाँ समस्या तपाइमा छैन, तपाइको आखाले ब्रीस्ट देखेछ तर ब्रीस्ट फिडिङ देखेन,
हो…समस्या त्यही नजरमा आयो। सायद महिलाको छातीलाई यौन कृयाकलापका बेलामा मात्र प्रयोग गरीने बस्तु ठान्नु भयो तपाइले। याद दिलाउन चाहे तपाईलाई, प्रकृतिले महिलाको स्तन उस्को बच्चालाई स्तनपान गराउनका लागि दिएको हो। जहाँ सम्म नेपाली समाजको कुरा रह्यो, तपाईं नेपाली समाजको, म पनि नेपाली समाजको र यहाँ कमेन्ट गर्ने सबै नेपाली समाजको त्यसैले मुल्यांकन आफै गर्न सक्नु हुन्छ। पचाउने, नपचाउने भन्दा पनि कति सकारात्मक र कति नकारात्मक रुपमा मान्छेले लिन्छ भन्ने कुरा हो। बाकी त तपाइले पोस्ट मन नपराउन पाउनु तपाईको अधिकार क्षेत्र भित्रको कुरा पर्यो। No offence !’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij