२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनुहुँदैनः सांसद श्रेष्ठ

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनुहुँदैनः सांसद श्रेष्ठ

 


काठमाडौँ – नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भुमिका निभाइ निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने बताए।

उनले भने, ‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ। तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भुमिका खेल्नु हुँदैन। फुट्न लागेको दल छ भने पनि बचाउने हो। फुटाउन सघाउने होइन। भोलि पनि त्यस्तो दिन आउनसक्छ।’

सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij