नेपाल भ्यालुयर्स एसोसिएसन र नेपाल बैंकर्स एसोसिएसन बीच भएको सम्झौता सबै बैंकहरुले अक्षरशः पालना गर्नुपर्ने बारे नेपाल भ्यालुयर्स एसोसिएसनले बैंकहरूलाइ ध्यानाकर्षण गराएको छ । पटक-पटक संघले अाग्रह गर्दा पनि सम्झौता कार्यान्वयन नगर्नुले केही बैंकहरूले कतै मूल्याङ्कनकर्ताहरूलाइ फसाउने नियत पाे राखेका छन् कि भन्ने अाशङ्का समेत उत्पन्न भएकाे सेताेघर डट कमलाइ बताउनुभयाे ।
मूल्याङ्कनकर्ता इन्जिनियरकाे हकहितकाे लागि काम गर्दै अाएकाे यस संघले सबै बैंकहरुलाई सम्जाैता पालना बारे पटक-पटक आग्रह गर्दापनि उक्त सम्झौता पालना नभएको कारण सङ्घर्ष समिति गठन गरिसकेकाे र यसकाे संयाेजककाे जिम्मेवारी इ.सञ्जय महताेलाइ दिइएकाे छ । अब सशक्त ढङ्गले अान्दाेलनकाे तयारी भएकाे सङघर्ष समिति संयाेजक इ.सञ्जय महताेले बताए ।
नेपालमा रहेका मूल्याङ्कर्ता इन्जिनियरहरुको छाता सङ्गठनको रुपमा रहेको यस एसोसिएसनको पहलमा सङ्गठन विस्तारको अलावा व्यवसायलाइ विस्तार गर्ने कार्यमा महत्वपूर्ण उपलब्धिहरु समेत हासिल भइसकेका छन् । पछिल्लो समय बैंक तथा मूल्याङ्कनकर्ता इन्जिनियरहरुको लागि ठूलो समस्या बन्दै गएको बैंकिङ कसुर सम्बन्धी समस्या समेत समाधान हुने क्रममा रहेकाे र यस कार्यमा नेपाल राष्ट्र बैंकबाट बन्न लागेकाे मापदण्डले पनि अाफूहरूले सुरक्षित तवरले व्यवसाय गर्ने वातावरण निर्वाह गर्न थप सहजता ल्याउनेमा मूल्याङ्कनकर्ताहरू ढुक्क छन् ।
ऊता नेपाल राष्ट्र बैंकले समेत यस क्षेत्रलाई नयाँ र प्रयाप्त सम्भावना रहेको क्षेत्रको रुपमा पहिचान गरिसकेको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंकले मूल्यांकन क्षेत्रलाई थप र स्पष्ट रुपमा व्यवस्थित गर्दै लैजाने योजना बमोजिम गाइडलाइन्स बनाइरहेको छ । उक्त गाइडलाइन्स तयार भई कार्यान्वयनमा आइसकेपछि यस क्षेत्रले थप फड्को मार्ने र काम गर्न समेत सहज हुने अवस्थामा व्यवसायीहरू अाफैं पनि नयाँ याेजनाहरूकाे खेाजीमा जुटेका छन् ।
यस अन्तरगत देशभरबाट सबै ठाउँकाे जग्गाकाे तथ्याङ्क सङ्कलन गर्ने, संघ मातहत अावश्यक अध्ययन गरी मूल्यबारे संघले अावश्यक तथ्याङ्क सङ्कलनकाे काम अघी बढाउन लागेकाे साथै कुनै जग्गा लिलामी हुने अवस्थामा उच्च शुल्कमा खरिद गर्ने कम्पनी व्यवसायीहरूकै सक्रियतामा सञ्चालन गर्ने लगायतका याेजनाहरूमा समेत संघ अघी बढेकाे छ । यसबाट सहज रूपमा मूल्याङ्कनकर्ताकाे अलावा बैंक तथा सेवाग्राहीले समेत सहज रूपमा जग्गाकाे मूल्यबारे जानकारीकाे अलावा सहज रूपमा सेवा लिन सहज हुने स्थिति सृजना हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij