२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सप्तरीमा प्रहरी इन्काउन्टरमा संलग्न चाैधरीकाे मृत्यु

सप्तरीमा प्रहरी इन्काउन्टरमा संलग्न चाैधरीकाे मृत्यु

प्रहरी इन्काउन्टरमा मारिएका दिपेन्द्र चौधरी । तस्विर : मनोहर पोखरेल

सप्तरी जिल्लामा बुधबार बिहान प्रहरी कारबाहीमा एकजना मारिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार प्रहरीको हत्या लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारवाहीमा मारिएका हुन् ।

 

प्रहरी इन्काउन्टरमा मारिएका दिपेन्द्र चौधरी । तस्विर : मनोहर पोखरेल

डीएसपी रिमालकाअनुसार प्रहरीलाई देख्नेवित्तिकै चौधरीले गोली चलाएका थिए। प्रहरीले तत्काल जवाफी फायरिङ गर्दा मोटरसाइलकको पछाडि सवार व्यक्ति ढलेको र मोटरसाइकल चालक फरार भएका थिए। प्रहरीको गोलीबाट ढलेका चौधरीको घटनास्थलमै मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए। मोटरसाइकल राजविराजतर्फ भागेको उनले बताए।

मृतकको टाउकोमा गोली लागेको छ। उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij