सप्तरी । सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेका छन् । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको हो । आठ जनाको समूहमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाइएपछि सात जनाको मङ्गलबार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको हो ।
अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको छ । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा राखिनेछ । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएका ७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
आजै काभ्रेमा २ जना र धादिङमा १ जनामा पनि र्यापिड टेस्ट गर्दा पोजेटिभ पाइएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij